
नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंदेखि बागलुङको ढोरपाटन सिकार आरक्षसम्मको राइड गरि सोमबार फर्किएको छ ।
बालाजु बुलेट सर्भिस सेन्टरको आयोजनामा ४५ वटा बुलेट बाइकहरू समावेश गरी ४५ जनाको समूहले ६ दिने राइड सञ्चालन गरिएको हो । ६ दिने राइडमा निस्केको टोलीलाई सोमवार बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ५ घोडावाधेमा स्वागत गरिएको थियो ।
पर्यटकीय क्षेत्र घोडावाधेमा काठेखोला गाँउपालिका वडा नम्वर ५,६ बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यठन प्रवद्र्धन समिति स्थानिय सामुदायिक वन, विशधुरी सामुदायिक होमस्टेन लगाएतका सामाजिक संघ सस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । पहिलो दिन काठमाडौंदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, गरि चौथो दिन ढोरपाटनबाट मध्यपहाडी राजमार्ग हुदै पोखरा फर्कदै गरेको टोलिलाई स्वागत गरि घोडावाधे क्षेत्रमा रहेका पर्यटकिय स्थालहरुको अवलोकन समेत गराइएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।
पर्यटन प्रवर्धनका लागि काठमाडौंबाट आएको ‘बुलेट राइडर’को समूहले शनिबार पुगेको थियो । नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्दै आएको उक्त समूहले यसपटक ढोरपाटनलाई रोजेको आयोजक बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिनु भयो।
दसैँ बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक प्रवर्धन गर्ने गरी बुलेट बाइक समावेश गरी ६ दिने राइड सञ्चालन गरिएको बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक बुढाथोकीले जानकारी दिनु भयो । काठमाडौँदेखि शुक्रबार सुरु भएको कात्तिक १५ गते पुनः काठमाडौं फर्किनेछ ।
सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा पनि तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आएका छन् । अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोकसम्म राइड सञ्चालन गरिएको थियो । पर्यटनको हिसावले प्रसस्तै सम्भावना रहेको घोडावाधेमाको प्रचार प्रसार गर्न जरुरी धौलागिरि पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष खिमानन्द खँडेलले बताउनु भयो ।
पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो। शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो। घुम्न चाहने र पदयात्रामा निस्कनेको लागि घोडावाधे क्षेत्रमा एक नयाँ गन्तव्य रहेको बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यले बताउनु भयो ।
पदयात्रा आफैंमा रोमाञ्चक र आनन्ददायक हुने भएकोले फरक अनुभवकोलागि र रमणीय क्षेत्रको अवलोकनको लागि यस क्षेत्र महात्वपूण रहेको शाक्यले बताउनु भयो । केही वर्षयता दसैँतिहारको लामो बिदामा घुम्ने चलन बढेको छ। कोही एक्लै त कोही परिवार र साथीभाइसँग घुम्न निस्किने चलन वढेकोले घोडावाधे घुम्नलायक ठाउँमा पर्ने काठेखोला गाँउपालिका वडा नम्वर ५ वडा अध्यक्ष ज्ञामनाथ कँडेलले बताउनु भयो ।
मध्यपहाडी लोकमार्गमा पर्ने यस क्षेत्र बागलुङ बजारबाट १ घण्टामा पुग्न सकिने भएकोले पनि पारिवारिक घुमफिरको लागि उपयुक्त रहेको समेत कँडेलले बताउनु भयो । पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु भएको छ। यहाँबाट हिमाली शुङ्खला, बागलुङका साथै पर्वत म्याग्दीका धेरै स्थान देखिने भएकोले वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको छ।
प्राकृतिक तथा रमणीय क्षेत्रको अवलोकनका साथै यसक्षेत्र धार्मीक हिसावले पनि मत्वपूर्ण रहेकोले धार्मीक पर्यटकको लागि रामकोट शिव मन्दिर, शिव धरी लगाएतका धार्मीक स्थलको दर्शन तथा अवकोकन गर्न सकिने काठेखोला गाँउपालिका वडा नम्वर ६ का वडा अध्यक्ष वृहस्पति शर्माले बताउनु भयो ।















