
सर्लाही ,प्रत्येक बिगतका बर्षहरुमा पनि बडा दसै को अन्तिम दिन अर्थात पुर्णिामाको दिन श्री महाबिरी झण्डा महोत्सव सुरु भएको छ।
दुई दिनको यो महोत्सवमा विभिन्न क्षेत्रका विभिन्न पार्टी का नेता तथा कार्यकर्ताहरूका साथै देशको विभिन्न भु-भाग बाट मानिसहरु घुम्न आउने गर्दछ्न । यो महोत्सव बलरा नगरपालिका वडा न १० सर्लाही स्थित सुदामा ब्यारेजमा हुने गरेको छ ।स्थानिय क्षेत्रका बुद्धिजीवी बर्ग नेता सम्पूर्ण नगरबासीको आयोजनामा हुने यो कार्यक्रम हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको स्थानिय हिन्दु अभियन्ता उमेश सिंहले बताए ।













