
संसद बाट हालै पारित भएको अमेरिकी प्राेजेक्ट एमसिसि सम्झौता खारेजी माग गर्दै राष्ट्रिय जनमाेर्चा नेपालले बागलुङ सदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।
प्रतिगमन आन्दोलनमा कांग्रेस सहितको गठबन्धनमा रहेको राष्ट्रिय जनमाेर्चाले बागलुङ सदरमुकामकाे लाेकतान्त्रिक चाेकमा अमेरिकी सहयोग प्राजेक्ट एमसिसि राष्ट्रघाती भएको हुदा यसलाई खारेज गर्नुपर्ने भन्दै काेण सभा गरेर विराेध गरेका हन् ।

एमसिसिकाे नाममा आउने ५५ अरब रूपैयाँ नेपालले लिन नहुने विकासकाे नाममा रकम आउने भनिएपनि यो सुरक्षा संग जाेडिएकाे सैन्य उदेश्य संग जाेडिएकाे राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले बताए ।
एमसिसिकाे नाममा आउने अमेरिकी रणनीतिक भएको यसको नाममा आउने जनशक्ति परियोजना सिद्वि सकेपछि पनि नेपाल मै बस्ने योजना रहेको आफ्नो साम्राज्य कायम गर्ने रहेको महासचिव भट्टले बताए ।
अहिले आएको एमसिसि प्राजेक्ट इण्डाे प्यासिफिक रणनीति अन्तर्गत भएको कारणले अमेरिकाले ठूलाे दबाब दिएर संसदबाट पास गराउन लगाएको राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले बताए ।

नेपाली कांग्रेस लगयतका सत्तधारि दलहरुले ब्याख्यात्मक टिप्पणीकाे नाममा एमसिसि पास गरेपनि आफ्नो पार्टीले गरेको राष्ट्रघात हुदा समेत चुइक्क बाेल्न नसकेको राष्ट्रिय जनमाेर्चाका जिल्ला नेता भीमलाल पाैडेलले बताए ।

राष्ट्रिय जनमाेर्चाका नेता तथा कार्यकर्ताहरूले राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर भन्ने लगायतका नारा लगाउदै नगर परिक्रमा गरि काेण सभा गरेको थियो ।












