
बागलुङ ,१२ बर्ष देखि अमेरिकामा बसेर ब्यवसाय गर्दै आएका बागलुङ नगरपालिका ४ निवासी शिव आचार्य बिक्रमले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा अवस्थित श्री श्रीधर आचार्य शालग्राम संग्राहलय अगाडिको मुख्य प्रवेशद्वार निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाका साथ ५ बर्षपछि नेपाल आएका समाजसेवी
युवा ब्यक्तित्व शिव आचार्यले शालग्राम संग्राहलय बागलुङमा शनिबार उपस्थित भएर संग्रहालय प्रांगणमा अगाडिको मुख्य प्रवेशद्वार आफ्नो खर्चमा बनाउन सहयोग गर्ने बताए ।
संसारको एकमात्र पवित्र नदि कालीगण्डकी नदिमा पाइने शालग्राम संकलन गरि अहिले यहाँ शालग्राम संग्रहालय संचालन भएपनि यसको भाैतिक संरचना बन्ने क्रम जारी रहेको बेला समाजसेवी ब्यक्तित्व शिव आचार्य ,बिक्रमले मुख्य प्रवेशद्वार निर्माण गर्ने वचन बद्वता ब्यक्त गरेको श्री श्रीधर आचार्य शालग्राम संग्रहालयका प्रमुख ऋषि स्वामी प्रपन्नाचार्यले बताए ।
हाल अमेरिकामा बसेर ब्यबसाय गर्दै आएका आचार्य दिल्ली स्काेनमा बसेर काम गरिसकेकाे भुकम्प पिडित लाई सहयोग गरेको सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएका थिए ।आचार्यले आफ्नो गाउँको फूटबल ग्राउन्डकाे लागि पनि आर्थिक सहयोग गरेका थिए ।
दिनमा सयौं धार्मिक तथा आन्तरिक पर्यटक आउने शालग्राम संग्राहलय निर्माणकार्यकाे लागि धेरैले आर्थिक भाैतिक नैतिक सहयोग गर्दै आएका छन् ।














