बागलुङ पर्वत जाेड्ने बिश्वकै दाेस्राे लामो झाेलुङ्गेपुल निर्माण अन्तिम चरणमा

-


     राजेशचन्द्र राजभण्डारी     
     कार्तिक ११ गते २०८० मा प्रकाशित


बागलुङ ,बागलुङ नगरपालिकामा बिश्व कै सबैभन्दा पहिलो लामाे झाेलुङ्गे पुल निर्माण भएको ४ बर्षकाे बिचमा बिश्व कै सबैभन्दा लामाे दाेस्राे झाेलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले बागलुङ नगरपालिका ४ देखि पर्वत जलजला ८ नाग्लिवाङ जाेड्ने पुल धमाधम निर्माण भइरहेको छ ।

झाेलुङ्गपुलकाे जिल्लाकाे नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदिमाथी थप एकवटा नयाँ झाेलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका ४ गाैरीधाम देखि पर्वत जलजला गाउँ पालिका ८ नाग्लिवाङ जाेड्ने पवित्र कालीगण्डकी नदि माथि बिश्व कै दाेस्राे लामो सिंगल स्पानकाे झाेलुङ्गेपुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

धार्मिक पर्यटकीय गन्तव्य गाैरीधाम देखि पर्वत नाग्लिवाङ जाेड्ने ५२४ मिटर लामो १८५ मिटर अग्लो सिंगल स्पानकाे बिश्व कै दाेस्राे लामो झाेलुङ्गे पुलले यश क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने हिम शिखर हिरा कन्ट्रक्सनका कर्मचारी बसन्त घर्ती मगरले बताए ।

अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छाेट्टिन पुगेको मात्र नभइ यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषि उपज बिक्रीवितरण गर्न समेत सहज हुने संचारकर्मि काेपिला कडेलले बताए ।

गा‌ैरीधाम मन्दिरमा आउने श्रद्वालु भक्तजन बढाउने उदेश्यले
निर्माण भएको बिश्व कै दाेस्राे लामो झाेलुङ्गे पुलका कारण पनि यहाँ धेरै ठाउँ बाट भक्तजन बढ्ने जग्गा दाता एवम् गाैरीधाम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताए ।

स्सपेन्सन ब्रिज नेपाल ललितपुरबाट निर्माणाधीन हिम शिखर हिरा कन्ट्रक्सनले कामको जिम्मा लिएर २०७९/भदौ ४ गते यो पुल निर्माण कार्य थालनी गरेकोमामा अहिले निर्माणकार्य शुरूवात भएको १ बर्ष भित्र करिब ९५प्रतिशत काम सम्पन्न गरिसकेको छ ।पुल निर्माण गर्न ८ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो ।निर्माणकार्यकाे
म्याद झण्डै १ बर्ष बाकी रहेको छ ।पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले करिव ५ आना जग्गा निशुल्क प्रदान गरेका थिए ।

बागलुङले झोलुङ्गे पुलको जिल्लाका रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला गण्डकी प्रदेश भित्रकाे जिल्ला मध्य प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला भएको कारणले पनि यहाँ घुम्न मनाेरन्जकाे लाग आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचाैर देखि पर्वत पाङ जाेड्ने बिश्व कै सबैभन्दा लामो ५६७ मिटरको झाेलुङ्गेपुल ४ बर्ष अगाडि नै बनिसकेको छ ।यसभन्दा अघि स्विजरल्याण्डमा ४९७ मिटर लामो सिंगल स्पानकाे झाेलुङ्गे पुल बिश्व कै सबैभन्दा लामो रहेको थियो ।

बागलुङ नगरपालिका भित्र मात्रै दुईवटा बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल बनेपछि यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक लाई आकर्षित गर्न सक्ने देखिन्छ ।