
बागलुङ धाैलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी ताैल भएको बच्चा नर्मल रूपमा जन्म भएको छ ।दशैकाे बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा भएको स्वास्थ्यकर्मीकाे सक्रियता बागलुङ जैमुनि नगरपालिकाका एकजना महिलाले बच्चा जन्म दिएका हुन् ।
धाैलागिरि अस्पताल बागलुङमा एकजना महिलाले ४ केजी ७ सय ५० ग्रामकाे बच्चा लाई जन्मदिएका छन् । बागलुङको जैमुनि नगरपालिका वडा नम्बर ३ का ३२ बर्षिय मालती छन्त्याल तामाङले अस्पतालको प्रसुती वार्डमा बिहीबार छाेरा जन्माएकी हुन् ।यो छन्त्यालकाे चाैथाे सन्तान हाे ।
नेपालीहरूकाे महान चाड बिजया दशमीकाे दिन सुत्केरी हुनका लागि धाैलागिरि अस्पताल बागलुङ आएर भर्ना भएकि छन्त्यालले झन्डै ५ किलो ताैल भएको बच्चा नर्मल जन्माएको धाैलागिरि अस्पताल बागलुङले जनाएको छ ।
पेटमा बच्चा ठूलो भएको हुनाले अस्पताल बाट पाेखरा जान सल्लाह दिनुभएको थियो तर पहिलाको सन्तान पनि नर्मल जन्मिएको कारणले आफुलाइ यसपटक पनि नर्मल बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी महिला मालती छन्त्याल तामाङले बताए ।
दशैकाे बेलामा पाेखरा जान पनि गार्हो थियो आफ्नो नजिकको अस्पतालमा डेलिभरी गराउने बिचार गरेर
यहाँ डाक्टर नहुदा पनि अस्पतालमा भएको जनशक्तिकाे सहयोगमा राम्रोसँग बच्चा जन्मिएका नेत्रबहादुर छन्त्यालले बताए ।
दशैकाे बेला अस्पतालमा स्त्रीरोग बिशेष डाक्टर बिदामा भएको बेला प्रसुतीकाे लागि अस्पतालमा आएका मालती लाई अस्पतालमा डाक्टर नभएको जानकारी गराउदा समेत यहीँ डेलिभरि हुने भनेपछि भर्ना गरेको अस्पतालका स्टाफ नर्सले बताए ।
धाैलागिरि अस्पताल बागलुङमा प्रसुतीका लागि दिनमा झण्डै एक दर्जन महिला दिदिबहिनीहरू आउने गर्छन् यसभन्दा अघि अस्पतालमा बढीमा ४ किलो ५०० ग्राम सम्मको बच्चा जन्म भएको थियो ।यसपटक सबैभन्दा बढी ४ किलो ७ सय ५० ग्रामकाे बच्चा नर्मल डेलिभरी भएको छ ।यसअघि ठूलो ताैल भएको बच्चा जन्माउन नसक्दा अप्रेसन गरेरमात्र बच्चा निकाल्ने गरिन्थ्यो ।
अस्पतालमा सानो घटना घट्दा खेरि अस्पतालका डाक्टर कुटिने अस्पताल ताेडफाेड हुने गरेको कारण अस्पतालमा उपचारको लागि आउदा स्वास्थ्यकर्मीले रिक्स माेल्न नचाहने माहोल खडा भइरहेको समयमा बागलुङमा डाक्टर नभएको समयमा अप्रेसन विना नर्मल बच्चा जन्माउनु लाई सबैले सकारात्मक रूपमा लिएका छन् ।अहिले बच्चा र आमा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

















