
बागलुङ गलकाेट नगरपालिका ११ रिघाफेदि स्थित दरम खाेला किनारमा बस्ने एकजना ब्यक्तिकाे सव फेला परेको छ ।
आज बिहान ११.२० बजे खाेला किनारमा नरबहादुर रानामगरकाे मृत सव घाेप्टाे परिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घटनाको जानकारी लगत्तै थप अनुसन्धानका लागि चरण प्रसाद भुुसालकाे नेतृत्वमा ४ जना प्रहरी टाेली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए ।









