बागलुङ , नेपाली हिन्दु धर्मावलम्बीको महान चाड बिजया दशमीकाे नवाै दिन नेपालकै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा पुजा अर्चनाकाे लागि बिहानैदेखि भक्तजनकाे घुइँचो लागेको छ ।मनाेकांक्षा पूरा हुने जनविश्वासका कारण देशै भरबाट श्रद्वालु भक्तजन बिजया दशमीकाे अवसरमा मन्दिरमा आउने गर्छन् ।
विजयादशमीको नवौँ दिन नवमीको अवसरमा नेपाल कै प्रसिद्ध धार्मिकस्थल कालीका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बागलुङ नगरपालिका – १ स्थित कालीका मन्दिरमा पूजाआजाका लागि आज बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
मन्दिरमा पूजाआजाका लागि बागलुङको अतिरिक्त छिमेकी लगायतका जिल्लाहरूबाट भक्तजन आएकाे यहाँ पुजा गरे आफ्नो मनाेकांक्षा पूरा हुने जनबिश्वास रहेको कालीका भगवती मन्दिरका मुख्य पुजारी जयबहादुर खड्काले बताए ।
यहाँ आएर पुजा गरेको खण्डमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वासकासाथ कालीका भगवती मन्दिरको दर्शनका लागि आउने गरेकाे भक्तजनकाे भनाइ रहेको छ ।
मन्दिरमा बागलुङ संगै पर्वत, म्याग्दी , कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, काठमाडौ ,चितवनलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् । जङ्गलले चारैतिर घेरिएको पहाडकोबीचमा मनोरम स्थानमा मन्दिर छ ।
अष्ठमीका दिन भक्तजनहरूले गरेका भाकल पुजाकाे लागि
बाेका हाँस कुखुरा रााँगा ,लगायतका पन्चवली दिनेकाे समेत भिड लागेको थियोे ।नवदुर्गा अवधि मध्य अष्ठमी नवमी सबैभन्दा बढी भिड लाग्ने गर्छ ।
बागलुङ कालिका भगवती मन्दिरमा चैत्राष्ठमी र बडा दशैमा बिशेष पूजा अर्चना हुन्छ । त्यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेश कै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।
तत्कालीन पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भएकाे थियो विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याएकाे किम्बदन्ती रहेको छ ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ।
कालिका गुठी ब्यवस्थापन समितिले मन्दिर पुजा गर्न आउने भक्तजनकाे सहजाताकाे लागि लाइनमा बसेर सजिलोसँग पुजा गर्ने प्रवन्ध मिलाएको छ । यस मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ।