निजामती कर्मचारी युनियनको केन्द्रीय पदाधिकारीमा साविक धौलागिरीबाट दुई जनाले मम्मेदवारी दिने

-


     हिडन खबर    
     फागुन २० गते २०७८ मा प्रकाशित


नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा साविक धौलागिरीबाट केन्द्रीय पदाधिकारीमा दुई जनाले मम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबारबाट सुरु हुने महाधिवेशनमा केन्द्रीय उप महासचिव र सचिवमा पर्वत र बागलुङका दुई जनाले उम्मेदवारी दिने तयारी गरेका हुन् । पर्वतको कुश्मा नगरपालिका ८ स्थाई ठेगाना भएका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका इन्दु शर्माले उप महासचिव र बागलुङको बागलुङ नगरपालिका– १२ अमलाचौरका स्थाई घर भएका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका जगत बहादुर पाठकले खुल्ला सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको युनियनमा नयाँ नेतृत्वका लागि यसमा आवद्ध कर्मचारीहरु दौड्धुपमा छन ।
महाधिवेशन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले सामाजिक संञ्जालमा आफ्नो उम्मेदवारी पनि प्रस्तुत गरेका छन ।
आगामी दिनमा युनियनलाई सबल, सक्षम, लोकप्रिय र गतिशिल संगठन बनाई आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रथम बनाउने गरी अबको नेतृत्व स्थापित गर्ने उद्घोष गरेका छन् । कोरोना संक्रमणका कारण गत माघ ८ देेखि १० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो । अध्यक्षमा हालसम्म गोपाल पोखरेल र सुरेन्द्र अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। उनीहरूले आ–आफ्नो प्यानल बनाएर निर्वाचनका लागि आकांक्षीहरूको नाम सार्वजनिक गरेका छन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार खुल्ला सचिवमा, कोषाध्यक्ष र प्रदेश अध्यक्षका लागि दुवै पक्षले आ–आफ्नो प्यानलको नाम तय गरेका छन्। अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरु हालसम्म कांग्रेसको संस्थापन र संस्थापनइतर भनेर स्पष्ट रुपमा खुलेका छैनन्।