व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो मोसाे

-


     हिडन खबर    
     असाेज २२ गते २०८० मा प्रकाशित


काठमाडौं ,सधैं बिबादास्पद अभीब्यक्ति दिएर चर्चामा आउने व्यवसायी दुर्गा प्रसाईँमाथि  दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् । 

अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले प्रसाइलाई कालोमोसो दलेका छन् ।
 
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की  दिँदै आएका थिए ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।