काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ।
हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए
महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंक मा आबद्द हुन सक्ने ब्यवस्था गरेको छ ।
श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने,अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिई काम मा लगाउने ,अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने महानगर को उद्देश्य रहेको जनाएको छ ।
श्रम बैंक मा आबद्द जनशक्तिलाई ३ स्थानहरुमा व्यवस्थापन गरिने भएको छ ,महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन , महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्थाहरु ,महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने भएको छ ,सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिने जनाएको छ ।गौरबको योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने महानगर ले बजार मुखी syllabus निर्माण को समेत काम गरिरहेको छ।
निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।












