गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सको बागलुङमा उपशाखा विस्तार

-


     हिडन खबर    
     असाेज २० गते २०८० मा प्रकाशित


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा नयाँ उपशाखा कार्यालय विस्तार गरेको छ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा कम्पनीको लाईसेन्स पाएको कम्पनीले बागलुङ बजारमा उपशाखा विस्तार गरि व्यवसायीक कारोबार सुरु गरेको हो । उपशाखाको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले जीवन बीमा न्युन आय भएकाहरुको लागि अति आवश्यक रहेको हुँदा यस लघु जीवन बीमाले सबैलाइ समेटन सक्ने बिश्वास व्यक्त गर्नु भयो । यस क्षेत्रमा उपशाखा खोली जनतालाई लघु बीमा सेवा उपलब्ध गराउन लागेकोमा गार्डियन माइक्रो लाइफ लाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै सम्पुर्ण जनतामा कम्पनीले उपलब्ध गराउने सेवाबाट लाभ लिन आग्रह गर्नु भयो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमाको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । भण्डारीले गाउँ गाउँका गरिब जनताको माँझमा स–साना बीमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बीमा कम्पनीहरुको आगमनसँगै बीमाको दायरा अझै बृद्धि हुने दावी गर्नु भयो ।

उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी, बागलुङ उद्योग वाणिज्य संघका सञ्जय श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका इश्वर आचार्य, गण्डकी धौलागिरी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगाएतले बोल्नु भएको थियो ।
सो अवसरमा बीमा अभिकर्ता तालिम समेत सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको तालिममा उपस्थिती अभिकर्ताहरुलाई लघुबीमा अभिकर्ता को बिषयमा कम्पनीका कैलाश देवकोटाले प्रशिक्षण दिनु भएको बागलुङ उपशाखा प्रवन्धक दिपा बरालले बताउनु भयो ।