राजेशचन्द्र राजभण्डारी
काठमाडौं ,नेपालीहरूकाे महान चाड बिजया दशमीकाे अवसर पारेर नेपालकाे प्रसिद्धि धार्मिक तिर्थस्थल मातातिर्थकाे नाममा मातातिर्थ संरक्षण तथा विकास संस्थाकाे आयोजनामा दाेस्राे मातातिर्थ गाेल्डकप शुरू भयो ।
बागमती प्रदेशका पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्दै पर्यटन विकासको लागि खेलकुद महत्त्वपूर्ण बिषय भएको खेलकुदमा युवा जनशक्तिको रूचि समेत भएको हुदा स्थानीय तह प्रदेश सबै मिलेर यसको विकासकाे लागि लाग्नुपर्ने बताए ।
मातातिर्थ संरक्षण तथा विकास समितिले आफ्नो क्षेत्रकाे विकासको लागि धार्मिक पर्यटन प्रर्वदनकाे लागि खेलेको भुमिका सकारात्मक भएको हुदा यसलाई सधैं आफ्नो समर्थन रहने मन्त्री महर्जनले बताए ।
स्वास्थ्यकाे लागि खेलकुद विकासकाे लागि खेलकुद भन्ने मुल नारासाथ शुरू भएको गाेल्डकप कार्यक्रममा
१९ वटा टिमले भाग लिने प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफि प्रमाणपत्र र नगद ३ लाख दृतिय हुने लाई ट्रफि मेडल पदक प्रमाणपत्र नगद २ लाख तृतीय हुने टिमलाई नगद १ लाख ट्रफि प्रमाणपत्र मेडल ।बेष्ट टिम ,बेष्ट ल्पेयर ,बढी गाेल गर्ने खेलाडीलाई समेत नगद पुरस्कारकाे ब्यबस्था गरिएको मातातिर्थ संरक्षण तथा बिकास संस्थाकाे पुर्व अध्यक्ष पुरूषाेत्तम उदासले बताए ।
प्रतियोगितामा सहभागी भएका १९ टोलीहरूलाई २ समुहमा विभाजन गरिएको छ । जसअनुसार पुल ए मा यूनिक फुटबल क्लब, सोल्टी नेपाल, समतामूलक फुटबल क्लब, सिद्धीकाली फुटबल क्लब, स्टार इलाभेन फुटबल क्लब, वर्णगंगा फुटबल क्लब, भकुण्डेचाैर फुटबल क्लब, किसीपिडी युथ क्लब र सेतिदेवी क्लब रहेका छन् ।
यसैगरी पुल बी मा कुर्दन फुटबल क्लब, वाणस्थली फुटबल क्लब, ढाक्सी प्रगतिशील फुटबल क्लब, फार भीजन फुटबल क्लब, क्लीन भीजन फुटबल क्लब, वी आर व्रदर्श, ब्लुबेल फुटबल क्लब, गणेशमान स्मृति फुटबल क्लब र डीआर फुटबल क्लब रहेका छन् ।
फुटबल प्रतियोगिता सम्पन्न गर्न चन्द्रागिरि नगरपालिका ,मातातिर्थ संरक्षण तथा विकास संस्था लगायतका संघसंस्थाले आर्थिक सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।
















