नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी गरेको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बताए ।
ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी भएको हो ।










