-


     हिडन खबर    
     असाेज १६ गते २०८० मा प्रकाशित


ज्ञानेन्द्र माध्यमिक बिद्यालयमा बेथिति

बागलुङ ,

कहि नभएको जात्रा हाडी गाउँमा भने झै बागलुङको पश्चि निसिखाेला गाउँपालिकामा रहेको श्री ज्ञानेन्द्र माध्यमिक बिद्यालयमा भएको बेथिति संचार माध्यम बाट बाहिर आएपछि भएको बेथिति सुधार हाेला भन्ने साेचेकाे समयमाबिद्यालयले एक बिज्ञप्ती प्रकाशित गरेर थप बेथिति सृजना गरेको छ ।

बिद्यालयमा भएको शिक्षक नियुक्ति सम्बन्धमा रकम लेनदेन भएको कुरा बाहिर आएकोमा यो बिषय हैन हाेला भनेर बिद्यालयका प्रधानअध्यापक बाट बिज्ञप्ती आउला भनेको समयमा अझै लाजै नमानिकन हामिले अबैधानिक तरिकाले कानुनमा उल्लेख नभैकन समेत परिक्षार्थिबाट पैसा लिएको सत्य हो भनेर खुलेआम भ्रष्टाचारको पक्षमा वकालत गर्दै प्रअ अमृता बुढामगर र बिद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कमला पुनले निकालेको संयुक्त बिज्ञप्ती बाट स्पष्ट हुन्छ ।

बिद्यालयले के कसरी शिक्षक नियुक्तिको समयमा रकम असुल गर्छ त्यो रकम ककसले बुझ्छ भन्ने कुरा समेत स्पष्ट भएको छ ।