हिडन खबरदाता
काठमाडौ ,नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे छिमेकी राष्ट्र चीनको भ्रमणमा रमाइ रहेको समयमा चीनको आधुनिक यन्त्र जडित स्कुटर चर्चामा आएको छ ।
देशकाे सरकार कमजोर भयो भने जसले पनि हेप्छ भन्ने कुरा केही बर्ष यता छर्लङ्ग हुदै आएको छ ।हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान पशुपति नाथकाे मन्दिर परिसरमा आज शुक्रबार दिउँसो एउटा विदेशी राष्ट्रकाे नम्बर प्लेट भएको स्कुटर पार्किङ गरिरहेकाे दृश्यले ध्यानाकर्षण गराएको छ ।
पशुपति क्षेत्रमा त्यो पनि नितान्त धार्मिक आस्थाको केन्द्र अगाडि छिमेकी राष्ट्र चीनको नम्बर प्लेट D -59-H 28 भएको स्कुटर जसमा एउटा सैनिक कमान्डरले चलाउने अवस्थामा जस्तो देखिने दृश्य हेर्दा नेपालमा माथि नांगो हस्तक्षेप भएको कुरा पुष्टि भएको राष्ट्रिय एकता अभियानका अभियन्ता उमेश सिंहले बताए ।
आधुनिक खालको यन्त्र जडित चीनको स्कुटर खुलेआम प्रहरी प्रशासनकाे नाकै मुनि यसरी खुलमखुला रूपमा आउदा समेत मुकदर्शक बनेको देख्दा सरकार कति निरीह छ भन्ने प्रमाणित भएको सिंहले बताए ।
केही साताअघि नेपालका लागि चीनिया राजदूतले नेपाल भारतकाे सम्बन्ध बारे दिएको अभिब्यक्ति बिबादास्पद बनेर समाधान नभएको समयमा चीनको हरकतले के सन्देश दिन खाेजेकाे राजनीति वृतमा चर्चा हुन थालेको छ ।










