सुशासन विकास समृद्धिका लागि राष्ट्रिय अभियान
राजेशचन्द्र राजभण्डारी
काठमाडौ ,सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८० सञ्चालन गर्ने उद्देश्यले हिमालय मातृभूमि फाउण्डेशन द्वारा पुर्व प्रधानन्याधिस सुशिला कार्कीकाे प्रमुख आतिथ्यतामा संस्थाको समुद्घाटनका साथै अवधारणा पत्रको सार्वजनिकीकरण गरियाे ।
कार्यक्रममा पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिले बनेका संस्थाले सरकारकाे खबरदारी गर्न सरकारलाई दबाब सृजना गर्नका लागि हुने बताए ।
अहिले राष्ट्रिय नेता चुनाव लड्न सहरमा वातावरण नभए पछि गाउ कुना पसेर मीत नाता लगाएर पनि नपुगी थुप्रै पैसा खर्च गरेको अब २०८४ काे चुनावमा त्यो कुना पनि बाकी नरहने पुर्व प्रधानन्यायाधीश कार्कीले बताए ।
अनुपम फुडल्याण्डमा भएको कार्यक्रममा हिमालय मातृभूमि फाउन्डेसनका अध्यक्ष टीकाराम पुरीले यो कुनै राजनीति संस्था नभएर बिशुद्व रूपमा सामाजिक संस्था भएको बताए ।राजनीति दलको विकल्पकाे रूपमा आएको संस्था पन नभएको अहिले सरकारको कारणले गर्दा देशमा मेडिकल शिक्षा नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको देशमा १०० वटा भन्दा बढी नर्सिङ कलेज बन्द भएको छिमेकी मुलुक भारतमा १५० वटा कलेज खुलेको पुरीले बताए ।
पुर्व सचिव शारदाप्रसाद रिजाल ,राजनीति बिश्लेशक
मुमाराम खनाल नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल पुर्व राजदूत महेश दाहाल स्वतन्त्र नागरिक संजालका अध्यक्ष दिनेश सुवेदी प्यापसका अध्यक्ष डिके ढुंगाना लगायतका बक्ताहरूले संस्थाले सुशासनको क्षेत्रमा गर्ने सकारात्मक कामलाई समर्थन गर्दै जाने धारणा राखेका थिए । कार्यक्रममा अबधारणापत्र हिमालय मातृभूमि फाउन्डेसनका बासुदेवले प्रस्तुत गरेका थिए ।















