
बागलुङ समाज बेल्जियमले बागलुङ नगरपालिका ४ कुँडुलेका रमेश आचार्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ । समाजले कलेजोमा समस्या भएपछि उपचाररत आचार्यको सहयोगको लागि शंकलन गरेको १ लाख ३४ हजार सहयोग गरेको हो ।
बागलुङ समाज बेल्जियमका सहकोषाध्यक्ष वावुराम सापकोटाको संयोजकत्वमा बेल्जियममा सहयोग शंकलन अभियान संचालन गरि अध्यक्ष महेन्द्र पन्त मार्फत अन्तर्राष्ट्रिय बागलुङ समाजका पूर्व कोषाध्यक्ष वालकृष्ण सापकोटालाई पठाईएको थियो ।
सो रकम बागलुङ नगरपालिका ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नेपाल रेडक्रश सोसाइटी बागलुङका सभापती जगन्नाथ आचार्य, अन्तर्राष्ट्रिय बागलुङ समाजका पूर्व कोषाध्यक्ष वालकृष्ण सापकोटाले लगाएतको टोलीले आयार्यको घरमै गएर हस्तान्त्रण गरेका थिए ।
रकम हस्तान्त्रण कार्यक्रममा वोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापती जगन्नाथ आचार्यले जिवन वचाउने दान सवै भन्दा ठूलो दान भएको भन्दै सतपात्रमा भएको दानले पुण्डे मिल्ने बताउनु भयो ।
प्रवासमा रहेका बागलुङवासीले गरेको सहयोगको प्रशंसा गर्दै समाजमा समस्यामा परेका व्यक्तिको सहयोगमा सघाउने कार्य महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा मालिका सेवा समाजका सचिव खडानन्द सापकोटाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा अन्तर्राष्ट्रिय बागलुङ साजका पूर्व कोषाध्यक्ष वालकृष्ण सापकोटाले अभियानको वारेमा जानकारी गराउनु भएको थियो । वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको संचालन रेडक्रसका कोषाध्यक्ष जिवननाथ शर्माले गर्नु भएको थियो ।









