
काठमाडाै नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज साेमबार देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ।
नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर परिचित काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा बिहानैदेखि व्रत बसि पुजा गर्ने महिला दिदीबहिनीहरूकाे घुइँचो लागेको छ ।
हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ।
मन्दिरमा आउने भक्तजनलाई सहजरूपमा पुजा गर्ने वातावरण मन्दिर ब्यवस्थापन समितिले गरेको कारण धेरै समयमा लाइनमा बस्नुपर्ने बाध्यता नभएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले स्वास्थ जाँच गर्ने प्रवन्ध मिलाउनुका साथै त्रिपाल हालेर नाँच गान गर्ने ब्यवस्था मिलाएको छ ।
दाेस्राे पशुपति नाथ भनेर परिचित चन्दन भराटेश्वर मन्दिरमा यश बर्ष भक्तजनकाे अत्याधिक चाँप बढेको छ ।
यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ। काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गरेको छ।















