
राजेशचन्द्र राजभण्डारी
काठमाडौ
सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३८ दिनदेखि आन्दोलन जारी राखेका छन् ।
देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा स्वास्थ मन्त्री तथा चिकित्सा शिक्षा आयोगका सह अध्यक्ष माेहन बहादुर बस्नेतले आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै अहिले उठाइरहेकाे माग पूरा गर्न हुदा आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन् ।
स्वास्थ्य मन्त्री एवम् चिकित्सा शिक्षा आयोगका सह अध्यक्ष बस्नेत माइतीघर मण्डलामा पुगेर आन्दोलनरत चिकित्सा शिक्षा सराेकार संघर्ष समिति लाई आन्दोलन तत्काल स्थगित गर्न अनुरोध गरेको संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।
शिक्षा सराेकारकाे नीति निर्माणमा समेत ठूला पहुँच वालाहरूकाे बाेलाबाला र आफ्नो स्वार्थ अनुकूलकाे निर्णय गर्ने गरेको कारण बेथिति बढेकोले अहिले नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको भन्दै अभिभावक र बिद्यार्थीले समेत छिटोभन्दा छिटो देशमा स्वास्थ शिक्षा पढ्ने वातावरण बनाउन माग गर्दै आएका छन् ।
आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।अहिलेसम्म २५ वटा विभिन्न राजनीतिक पार्टी र संघसंस्थाले ऐक्यबद्धता जनाइसकेका छन् ।
माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका राख्दै आएका छन् ।संघर्ष समितिले माइतीघर मण्डलामा नियमित धर्ना देखि समयसमयमा बानेश्वर सम्म जुलुस नारा बाजि गर्दै आफ्नो माग पूरा गराउन दबाब जारी राखेका छन् ।
देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।
धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।
















