चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३४ दिनदेखि आन्दोलन

-


     हिडन खबर    
     भाद्र २८ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

काठमाडौ ,सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३४ दिनदेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।

५ सातादेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना र आन्दोलन गर्दासमेत सरकारले कुनै सुनुवाइ नगरेको हुदा देशभरका प्राविधिक तथा मेडिकल शिक्षा बन्द गरि सातै प्रदेशमा रिले अनशन र सत्याग्रहका कार्यक्रम गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सराेकार संघर्षले जनाएको छ ।

नेपालमा स्वास्थ क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरू मध्य
नेपाल स्वास्थ्यकर्मी युनियन तर्फ बाट उज्वल कुमार शर्मा नेपाल स्वास्थ्यकर्मी संघले ऐक्यबद्धता जनाएको छ ।

३४ आ‌ै दिनको आन्दोलनमा ऐक्यबद्धता चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले अहिले गरिरहेकाे आन्दोलन प्रति विभिन्न स्वास्थ्य संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
शिक्षा सराेकारकाे नीति निर्माणमा समेत ठूला पहुँच वालाहरूकाे बाेलाबाला र आफ्नो स्वार्थ अनुकूलकाे निर्णय गर्ने गरेको कारण बेथिति बढेकोले अहिले नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको  स्वास्थ संघसंस्थाले जनाएको छ ।

संघर्ष समितिले आन्दोलन ३५ दिन पुगेको अवसरमा
माइतीघर मण्डदलामा नेपाली हिन्दु नारीहरूकाे महान चाड तीज कार्यक्रमकाे दर खाने कार्यक्रम समेत राखिएको संयाेजक निर्मल सापकोटाले बताए ।

आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।अहिलेसम्म २४ वटा विभिन्न राजनीतिक पार्टी र  संघसंस्थाले ऐक्यबद्धता जनाइसकेका छन् ।
माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका राख्दै आएका छन् ।संघर्ष समितिले माइतीघर मण्डलामा
नियमित धर्ना देखि समयसमयमा बानेश्वर सम्म जुलुस नारा बाजि गर्दै आफ्नो माग पूरा गराउन दबाब जारी राखेका छन् ।
देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।

धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।