पुर्व कर्मचारी मन्च कर्मचारी सन्चय काेष साधारणसभा

-


     हिडन खबर    
     भाद्र २७ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
काठमाडौ पुर्व कर्मचारी मन्च कर्मचारी सन्चय काेषकाे  प्रथम बार्षिक साधारणसभा राजधानीमा बुधबार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

कार्यक्रममा समाजमा सामाजिक कार्य गर्ने उदेश्यले गठन भएको संस्थालाई सामाजिक संस्थाकाे रूपमा स्थापित गरेर समाजमा सामाजिक रूपमा काम गरेर जाने लक्ष्य साथ अगाडि बढेको बक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा कर्मचारी सन्चय काेषका प्रशासक जितेन्द्र धिताल ,सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डाक्टर दामोदर रेग्मी ,पुर्व प्रशाशक शशि बिक्रम राणा ,तुलसी प्रसाद गाैतम सह प्रशाशक जीवन कटुवाल ,ट्रेड युनियन कांग्रेसका अध्यक्ष याेगेन्द्र कुवर लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बार्षिक साधारणसभामा दुई जना लाई सम्मान डाक्टर दामोदर रेग्मी याेगेन्द्र कुवँरलाई दाेसल्ला आ‌ेढाएर सम्मान गरिएको थियो । संस्थामा अहिले आजीवन सदस्य साधारण सदस्य गरि १५० जना आबद्ध भएका छन् ।

अधिवेशनले केदारनाथ गाैतमकाे अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।समितिकाे उपाध्यक्षमा धर्मप्रसाद खनाल ,महासचिव माधव प्रसाद काेइराला ,काेषाध्यओ टीका बहादुर कार्की ,सदस्य गाेपाल श्रेष्ठ ,मधुसूदन अधिकारी ,बिष्णु प्रसाद  पाैडेल ,कृष्णप्रसाद दाहाल ,भाेलानाथ उपाध्याय ,गमला थापा ,महिला सदस्य शेखर थापा सर्वसम्मत रूपमा चयन भएका छन् ।

३० बर्ष भन्दा बढी सन्चय काेषमा कार्यालयमा जीवन बिताएका कर्मचारीहरूकाे साझा संस्था बनाउने ठूलो प्रयासपछि गठन गरेको पुर्व कर्मचारी मन्चका अध्यक्ष केदारनाथ गाैतमले बताए ।अध्यक्ष गाैतमले भाबि योजना संस्थाले गर्ने कार्यक्रम प्रस्तुत गरेका थिए ।

पुर्व कर्मचारी मन्च कर्मचारी सन्चय काेषका अध्यक्ष केदारनाथ  गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा धर्म प्रसाद खनालकाे स्वागत  र गाेपाल श्रेष्ठकाे संचालनमा सम्पन्न भएको थियो ।