
बागलुङ । बागलुङमा साना तथा मझौला उद्यमीलाई कर सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्धारा जिआईजेटको प्राविधिक सहयोग, स्थानीय पालिकाहरुको सहकार्यमा बागलुङ उद्योग वाणिज्यको संघको आयोजनामा मूल्य अभिवृद्धि कर र आयकर सम्वन्धी दुई दिने तालिम सुरु भएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारीणी सदस्य युवराज राजभण्डारीले करको बारेमा राम्रो ज्ञान नभएको कारण कही न कही गएर अप्ठ्यारोमा पर्ने गरेको बताउनु भयो । पछिल्लो समय व्यवसायीहरु कर प्रति सकारात्मक रहेको भन्दै कर तिर्ने व्यवसायीलाई राज्यले सौलियत दिनुपर्ने बताउनु भयो । राजभण्डारीले उद्योगी व्यवसायीहरुलाई कर शिक्षासँगै भुक्तानी गर्ने प्रक्रिया र लेखा व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रममा आन्तरीक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिकराम आचार्यले राज्य सञ्चालनको मुख्य आधार कर भएकाले गर्वका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो ।
हाम्रो विकास हामीले तिरेको करमा निर्भर हुने भएकाले विकासका लागि कर अनिवार्य रहेको बताउदै कर छल्दै गर्दा कही न कही गएर अप्ठ्यारो पर्ने भएकाले व्यवसाय अनुसार कर तिर्दै गएमा समस्या नहुने धारणा व्यक्त गर्नु भयो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक लोकराज जोशी, राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो । दुई दिनसम्म संचालन हुने तालिममा लक्ष्मी प्रसाद लुइटेल, रमेश न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक लोकराज जोशीले सहजिकरण गर्ने संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, द्धितिय उपाध्यक्ष शशिकपुर श्रेष्ठको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा् उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।









