
बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसिसि सम्झौता संसद बाट कसरी अनुमाेदन गर्ने भन्ने बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठक सकिएको छ ।
नेकपा माओवादी केन्द्रकाे बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको लागि संसदमा पूरक प्रस्ताव लैजानुपर्ने निर्णय गरेको बुझिएको छ । सत्ता गठबन्धनको हिजो राति बालुवाटारमा बसेको बैठकमा समस्या समाधानको नयाँ र बीचको बाटो अगाडि बढ्ने सहमत भएपछि आज माओवादीले सोहीबमोजिम निर्णय गरेको हो ।
बैठकले भियना सन्धि अनुकूल हुने गरी ब्याख्या र सम्झौता कार्यान्वयनमा नेपालको कानुन सर्वोच्च र सर्वोपरी हुनेगरी पूरक प्रस्ताव पारित गर्दै सम्झौता अनुमोदन गर्ने निर्णय गरेको बुझिएको छ ।
सत्ता साझेदार अर्को दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नो स्थायी समिति बैठक बोलाएको छ । उक्त पार्टीको बैठकपछि दिउँसो बोलाइएको संसदको बैठक अगावै बालुवाटारमा सत्ता गठबन्धनको बैठक डाकिएको छ । उक्त बैठकले पनि सम्झौता अनुमोदनको निम्ति बीचको मार्ग पहिल्याएर आवश्यक निर्णय गर्ने बताइन्छ । अमेरिकाले मंसिर १६ गतेसम्म एमसिसि सम्झाैता संसदबाट पास गर्न खुल्लम खुल्ला दबाब दिदै आएको छ ।राजधानीकाे सडकमा भने एमसिसि राष्ट्रघाँटी भएको भन्दै आन्दोलन भइरहेको छ ।सत्ता साझेदार नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी माआेवादी र एकीकृत समाजवादी लाई कित सरकार छाेड कित एमसिसि पारित गर भनेर दबाब दिएपछि यी दुई दलले नयाँ बिचकाे बाटो राेजेकाे देखिन्छ ।












