
क्यान्सर पीडितको उपचारको लागि सहयोग गर्दै एशियन थाई फुडस प्रालिले बागलुङमा रम पम तयारी चाउचाउ विक्रि थालेको छ । आईतवार बागलुङ नगरपालिका वडा नं ९ तित्याङका क्यान्सर पीडित गणेश थापाको उपचारमा सहयोग गर्दै बागलुङमा विक्रि सुरु गरेको हो ।
मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) रोगबाट पीडित थापाको उपचारको लागि आईतवार २२ हजार २ सय २२ रुपैया सहयो गरिएको छ ।
एशियन थाई फुड्स प्रालिका कन्ट्री सेल्स म्यानेजर अर्जुन पोख्रेल, विज्ञापन म्यानेजर बसन्तमान श्रेष्ठ, बागलुङ नगरपालिका वडा नम्वर २ का वडा सदस्य विदेश कुमार श्रेष्ठ ,एशियन थाई फुडस प्रालि बागलुङको विक्रेता महाशक्ति ट्रेडेर्सका प्रोपाइटर श्रीजय श्रेष्ठ एशियन थाई फुडस प्रालिका रिजनल सेल्स म्यानेजर लक्ष्मण न्यौपाने, एरिया सेल्स म्यानेजर प्रकाश आचार्य, महाशक्ति ट्रेडेर्सका म्यानेजर विमल लामिछाने, एति व्रोहरी प्रालीका सिनियर सेल्स अफिसर दिनेश गौतमको उपस्थितिमा गणेश थापाका आफन्त प्रेम थापालाई हस्तान्त्रण गरिएको थियो ।
रम पमको सहयोगी हात अन्तरगत सहयोगसँगै बागलुङमा आईतबारबाट एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ विक्रि थालेको सेल्स म्यानेजर अर्जुन पोख्रेलले बताउनु भयो ।
एसियन थाई फुड्स प्रालिको उत्पादन गरेको प्रिती चाउचाउ बेच्दै आएको प्रालिले बागलुङमा रम पमको चाउचाउ वितरण थालिएको हो । पूर्व र तराई क्षेत्र जिल्लामा बिक्रि हुँदै आएको रम पम चाउचाउ बागलुङमा पनि आइतबारबाट महाशक्ती ट्रेडेर्स मार्फत बजारमा पठाएको महालशक्ती ट्रेडसका श्रीजय श्रेष्ठले बताउनु भयो ।










