
राजेशचन्द्र राजभण्डारी
नेपालका लागि छिमेकी मुलुक चिनियाँ राजदूतले नेपाल र भारत बिचकाे कुटनैतिक सम्बन्धमा दरार आउने बिबादास्पद अभिब्यक्ति दिएको भन्दै राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गर्दै राजधानीमा बिराेध प्रदर्शन गरेको छ ।
लाेकतान्त्रिक समाजवादी पार्टी लाेसपा निकट बिद्यार्थी संगठन लाेकतान्त्रिक बिद्यार्थी संघ केन्द्रीय कार्यसमितिकाे आयोजनामा चिनियाँ राजदूतको कुटनैतिक मर्यादा विपरीत अभिब्यक्ति दिएको बिराेधमा काठमाडौ माइतीघर मण्डलामा काेण सभा गरेर नेताहरूले गलत अभिब्यक्ति दिने चिनियाँ राजदूतलाई तुरुन्त फिर्ता पठाउन सरकार संग माग गरेको छ ।
चाइनिज राजदूतले भाषण गर्दै हिड्न थालेको भारत संगकाे ब्यापार सम्झौताले नेपाल समृद्ध नहुने एमसिसिकाे कार्वान्यले नेपालकाे विकास हुन नसक्ने भन्दै कुटनैतिक बिपरित अभिब्यक्ति सैह्य नहुने बिराेध कार्यक्रममा नेताहरूले अभिब्यक्त गरेका थिए ।
अहिले नेपाल भारतको पुरानो सम्बन्ध माथि चिनिया राजदूतले खुलेआम गैर जिम्मेवारी अभिब्यक्त दिएको यदि नेता बन्ने चाहना भए राजदूत बाट राजिनामा गरेर राजनीति जानुपर्ने धारणा बिराेध कार्यक्रममा नेताहरूले राखेका थिए ।
माइतीघर मण्डला आउनु अघि हातमा विभिन्न नारा लेखीएका प्लेकार्ड सहित नारा लगाउदै नेता तथा कार्यकर्ता बिराेध प्रदर्शन गर्दै आएका थिए ।













