गायिका सिम्रन परिवारलाई युएसद्वारा सम्मान

- विद्यालयमा आयोजित नेपाली भेषभुषा प्रदर्शन एवं सम्मान कार्यक्रममा गायिका परियारलाई सम्मान गरिएको हो ।

-


     हिडन खबर    
     भाद्र ८ गते २०८० मा प्रकाशित


नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिका सिम्रन परियारलाई उनले अध्ययन गरेको विद्यालयद्वारा सम्मान गरिएको छ ।

गायिका परियारले १० कक्षासम्म अध्ययन गरेको विद्यालय युनिभर्सल सवलाइन एकेडेमीले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो ।

विद्यालयमा आयोजित नेपाली भेषभुषा प्रदर्शन एवं सम्मान कार्यक्रममा गायिका परियारलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल अशोक केसीले बताउनुभयो ।

“सानैदेखि पढाईमा समेत अब्बल सिम्रनको स्वरमा मधुरता थियो, विद्यालयका आन्तरिक एवं बाह्य कार्यक्रमहरुमा सहभागी हुने र उत्कृष्ट पुरस्कार ल्याउने हाम्रै विद्यार्थीले नेपालीको सांगीतिक क्षेत्रमा चर्चा कमाउँदा निकै खुसी लागेको छ, नानुको उत्प्रेरणाका लागि हामीले सम्मान गरेका हौं, प्रिन्सिपल केसीले भन्नुभयो ” नानुको थप सफलताको कामना गर्दछौं ।” गायिका परियारले सम्मान कार्यक्रममा विभिन्न गीतहरूमा सांगीतिक प्रस्तुति समेत दिएकी थिइन ।

विद्यालयले शुक्रबारिय अतिरिक्त क्रियाकलाप समेत सम्पन्न गरेको छ । पछिल्लो समय पश्चिमी भेषभुषाले नेपाली मौलिक भेषभुषा संकटमा पर्दै गरेकोले विद्यार्थीमा आफ्नो देशका मौलिक भेषभुषामा रुचि बढाउन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका निर्देशक दल थापाले बताउनुभयो ।

आफू अध्ययन गरेको विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी आफूलाई सम्मान गरेकोमानिकै खुसी भएको एवं थप हौसला मिलेको सिम्रनको भनाइ रहेको छ ।

गायिका सिम्रनका नेपाली सांगीतिक बजारमा दुई दर्जन बढी गितहरु आइसकेका छन भने उनका हरेक गित स्रोतको रोजाइमा परिरहेका छन ।