किन भयो समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द ?

-


     हिडन खबर    
     भाद्र ७ गते २०८० मा प्रकाशित


अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ ।
अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सले अधिकारीको भिसा रद्द गरिदिएको हो ।

होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब-क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो ।

किन भयो भिसा रद्द ?
गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन् ।

त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर-टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन् । त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन् ।

यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर-टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् । यो बेलामा पनि समीक्षाको उमेर १८ वर्ष पुगेको थिएन । यो बेलामा केयर-टेकरको भिसा लागेन । साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ ।

उनको भिसा के कारणले रद्द भएको खुलेको छैन तर रजिस्टर माइग्रेसन एजेन्टका अनुसार यस्ता भिसा रद्द हुनुका केही कारण छन् । ब्रिसबेनस्थित रजिस्टर माइग्रेन एजेन्ट नारायण कोइरालाले मापदण्ड पूरा नगरेको बेला यस्ता भिसा रद्द भएको हुन सक्ने बताए । यस्तो व्यक्तिले पुनः अप्लाई गर्दा तीन वर्षसम्म रोक लाग्न सक्ने उनको भनाइ छ ।