सुनिल शर्मालाई कार्वाहीकाे माग गर्दै अखिल क्रान्तिकारी

-


     हिडन खबर    
     श्रावण ३१ गते २०८० मा प्रकाशित


नक्कली सर्टिफिकेटधारी मेडिकल माफिया सुनिल शर्मालाई कार्वाहीकाे माग गर्दै अखिल क्रान्तिकारीले काठमाडौंमा बिराेध प्रदर्शन गरेको छ ।

माआ‌ेवादी निकट भातृसंगठन अखिल क्रान्तिकारीका बिद्यार्थीहरूले माइतीघर मण्डलामा आएर नक्कली सर्टिफिकेटधारी मेडिकल माफिया शर्मा बिरूद्व आन्दोलनमा उत्रिएको बताए ।सांसद समेत रहेका शर्माको सर्टिफिकेट नक्कली प्रमाणित भइसकेको हुदा उनलाई तत्काल सांसद बाट हटाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

अखिल क्रान्तिकारीका बिद्यार्थी नेताले यदि भ्रष्टाचारीलाइ कार्वाही गर्दा मा‌आ‌ेवादीलाइ आतंककारी कारी देख्छ भने माआ‌ेवादी आतंककारी भएको बताए ।

माइतीघर मण्डलामा भेला भएका बिद्यार्थीहरूले सांसद सुनिल शर्माकाे फाेटाे सहित विभिन्न नारा लगाउदै शर्मालाई कार्वाही गर्न माग गरेका थिए ।देशमा भएको सबै खाले भ्रष्टाचारीलाइ कार्वाही गर्न समेत नाराबाजी गरेका थिए । 

ReplyForward