
बागलुङको बडिगाड गाउँपालिकाले आगामी भदौ २ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।
गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको समिक्षा तथा सार्वजनिक सेवा प्रवाहको सवालमा नागरिहरुलाई सुसूचित गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाकाले जनाएको छ ।
स्थानीय शासन सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार स्थानीय निकाय र नागरिकहरु बीचमा दोहोरो सम्बाद स्थापित गर्दै विकास निर्माणका कार्य र सेवाप्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन हरेक सार्वजनिक सुनुवाईको नियमित आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।
भदौ २ गते शनिबार सञ्चालन हुने सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गरेका सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा नागरिकसँग प्रत्येक्ष छलफल हुने गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ सस्था, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सेवाग्राही तथा बडिगाडबासी आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ । कार्यक्रम गाउँपालिकाको सभाहलमा बिहान ११ बजेबाट सुरु हुने गाउँपालिकाद्वारा प्रकाशित सुचनामा जनाइएको छ । हेर्नुहोस् सुचना:

स्थानीय निकायहरुले आफ्नो सेवा प्रवाहको बारेमा आम जनतालाई हरेक चौमासिकमा जानकारी गराउनुपर्ने र सुझाव संकलनसहित कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि धेरै स्थानीय निकायले यसो गरेको पाइँदैन तर बडिगाड गाउँपालिकाले भने हरेक चौमासिकमा सार्वजनिक सुनुवाइको असल अभ्यास गर्दै आएको छ । यसको सिको सबै स्थानीय निकायले गर्नुपर्ने जानकारहरु बताउँछन् ।













