पानी पर्दा हिँड्नै सकिन्न बागलुङ बजार

-


     राम प्रसाद घिमिरे     
     श्रावण २२ गते २०८० मा प्रकाशित


बागलुङ बजारमा ओहोरदोहोर गर्ने सवारीसाधन र पैदल यात्रुले अनेकौं समस्या झेल्नुपरिरहेको छ ।

पछिल्लो समय बागलुङ नगरपालिकाले सडक पेटी अतिक्रमीत व्यावसाय तथा ठेलाहरु हटाउने अभियान चलाएर केही सहजता देखिएको छ तर बजारमा सामान्य पानी पर्दा वा अविरल वर्षाको समयमा सडकमा हिड्नै सकिदैन ।

सडक छेउमा बनेका हरेक घरको छतबाट सिधैँ सडकमा खस्ने पानिका फोहोराको कारण पैदलयात्रु तथा सवारी आवागमनमा निकै कठिन हुनेगरेको छ ।

पानीको फोहोराको कारण सडकमा समेत खाल्डाखुल्डी पर्ने गरेको छ ।

के भन्छ नगरपालिका !
बागलुङ बजारमा यो अवस्थाको लापरबाही तुरुन्त बन्द गर्नुपर्ने यसको लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । “हाम्रो ध्यानाकर्षण भएको छ, आफ्नो गरको पानीको व्यवस्थापन कसैलाई असर नपर्ने गरि आफै गर्नुपर्ने हुन्छ यसका लागि २ दिनको समय दिएका छौँ, तोकिएको समय भित्र नगरेमा नगरपालिकाले आफै बन्द गरेर ठेटी ठोकिन्छ”

यसको कारण राज्यको करोडौं रकम खर्चेर निर्माण गरेको सडक बिग्रने भएकाले यो समस्या समाधान गर्नुपर्नेमा नगरपालिका संबेदनसिल रहेको प्रमुख श्रेष्ठले बताए ।
नगरपालिकाले भवन निर्माण अनुमानि दिँदा घरबाट निस्कने सबै पानीलाई भित्रि भागबाट नालीमा मिसाउनु पर्छ तर बजारका अधिकांश घरहरुमा त्यसो गरेको देखिदैन ।

शडक सबैको सार्वजनिक सम्पत्ति हो यसको संरक्षण र उपभोग सबैले गर्नुपर्छ तर घरधनीले मनोमानी ढङ्गले छतको पानी सिधैँ सडकमा फाल्दा पानी परेको समयमा हिड्नै नमिल्ने हुन्छ ।

यसको दीर्घकालीन समाधानका लागि नगरपालिकाले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।