बडिगाड-६ खालको आशा होटलमा भिमगिठे प्रहरी चौकी प्रमुख पौडेलको शव फेला: घटनाको अनुसन्धान हुँदै

-


     हिडन खबर    
     श्रावण ९ गते २०८० मा प्रकाशित


बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको एक होटलमा एक प्रहरी अधिकृतको शव भेटिएका छन् ।

बडिगाड गाउँपालिका वडा नम्बर-७ मा रहेको प्रहरी चौकी भिमगिठेका प्रहरी प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्ज्वल पौडेलको शव वडा नम्बर-६ खालको आशा होटल एण्ड खाजा घरमा भेटिएको वडा अध्यक्ष विर बहादुर खत्रीले जानकारी दिए ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी राजाराम खड्काको नेतृत्वमा प्रहरीटोलि घटनास्थल गइरहेको खड्काले बताए ।

पौडेलको मृत्यु हो या हत्या हो यो भने अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको छ ।