
जिल्ला प्रहरी कार्यालय बागलुङले कालीगण्डकी नदीबाट चरवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ लोड गरिएका ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको हो ।
शुक्रबार बिहान स्थानीयको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका-१ स्थित खनियाबासबाट ४ वटा ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीले ग १ त ६२१९, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७९ नम्बरका ट्याक्टरहरुले कालिगण्डकी नदीबाट अबैध रुपमा ढुङ्गा र बालुवा लोड गरि बागलुङ तर्फ आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङ सुचना अधिकारी प्रहरी निरीक्षक बिजय भण्डारीले बताए ।
नियन्त्रणमा लिएका ट्याक्टरहरुले बागलुङ नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दिएको अनुमतिपत्र देखाएको तर वडा कार्यालयले नदिजन्य पदार्थ उत्खनन र ढुवानीका लागी अनुमानि दिन मिल्ने कानुन नरहेको बुझिएको छ ।
नियन्त्रणमा लिईएका ट्याक्टरलाई आवश्यक कारवाहिको लागी नगरपालिका पठाइएको सुचना अधिकारी भण्डारीको भनाइ रहेको छ ।
सर्वोच्च अदालतमा परेको रिट पछि आदेश भएअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने भएपनि कालीगण्डकी नदीबाट निर्वाद रुपमा नदीजन्य पदार्थको अबैध उत्खनन भइरहेको छ ।









