
बागलुङमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काठेॆखोला गाउँपालिका-५ बिहुँ ठुलढुङ्गामा पिकअप जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले हिडनखबलाई बताउनुभयो ।
गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको र मृतकको सनाखत हुन नसकेको केसीले बताउनुभयो ।
घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरिरहेको बताइएको छ । थप विवरण आउन बााँकि रहेको सुचना अधिकारी समेत रहेका केसीले बताउनुभयो ।
घटनास्थल सदरमुकाम देखि करिब २० किलोमिटर पश्चिममा रहेको छ ।









