
सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लान लगिएकी बाग्लुङको निसीखोलाकी धौलागिरी अस्पतालमा सफल सल्यक्रिया गरिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १९ वर्षीया सीता सुनार सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरि पोखरा लान लागिएकोमा मौसम खराव धौलागिरी अस्पतालमा अवतरण गरिएको थियो । सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन ।
स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको भएपनि मौसम खराव भएपछि तत्काल धौलागिरी अस्पतालमा अवतरण गरि सल्याक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर रवि रञ्जन प्रधानले जानकारी दिनु भयो ।
अस्पतालको स्वास्थ्यकर्मीको टिमबाट तुरुन्त सल्याक्रिया गरिएको र सल्यक्रिया सफल भएको प्रधानले बताउनु भयो । अस्पतालका बालरोग विशेषज्ञ डा. किरण तिवारी, स्त्री रोग विशेषज्ञ डा. विजय ओझा, एनेस्थेसियोलोजिष्ठ डा अमित ढुङगाना, वरिष्ठ निर्सिङ निरिक्षक देवि भटट्राई सहितको तिमले सफल सल्यक्रिया गरेका हुन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो ।
जेठ २७ मा प्रसुती मिति रहेको बताइएको छ ।
उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने भएपछि पोखरा पठाइएको थियो। अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल रेकर्डर अधिकृत नवराज शर्माले बताउनु भयो ।









