
चारतारे युवा क्लब सिवाईसी नेपालले सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै अभियान प्रभावकारी वन्दै गएको छ ।
बागलुङ बजारमा मुख्य कार्यालय र बागलुङ पर्वत र म्याग्दीमा २५ सेवा केन्द्रबाट २५ हजार भन्दा वढि सेयर सदस्य रहेको सहकारीले यस वर्ष २० हजार सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उदेश्य अनुसार संचालन भएको अभियान प्रभावकारी बन्दै गएको हो । अभियान अन्र्तगत मंगलबार पर्वतका कुश्मा र मोदी गाँउपालिकाको केन्द्र पातिचौरमा जागौं, जगाऔं र जोगाऔं अन्र्तगत सहकारी शिक्षा प्रदान गरेको छ । गुप्तेश्वर सदस्य सेवा केन्द्र अन्र्तगत कुश्मामा आयोजित कार्यक्रममा सहभागि सदस्यले अरु सहकारी भन्दा सिवाईसीको सेवा प्रवाह सरल र सहज भएकोले सस्थामा ढुक्क भएर कारोवार गर्ने आधार तयार गरेको बताए । कार्यक्रममा वडिगाड गाँउपालिका अध्यक्ष तथा सिवासइसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारी, कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष पर्शुराम पुरी, कुश्मा नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम पौडेल शेयर सदस्य मानकुमारी गिरी, हरिनारायण गिरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो प्रशिक्षण दिदै सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौलेलले देशमा आर्थिक मन्दि छाएकाले जनताका सक्रिय नभएकोले सक्रिय बनाउन, उत्पादन, उत्पादकत्व वढाउन तथा सहकारी तथा वित्तिय क्षेत्रमा देखिएको सस्या समाधान गर्न र सहकारीका सदस्यलाई उत्तरदायी बनाउन, सस्था र सदस्य प्रतिको दुरी अलि टाढा रहेकोले त्यो दुरी कम गर्न एवं सदस्यले सस्था मेरो हो भन्ने भावनाको विकास गर्न अभियान संचालन गरेको बताउनु भयो । सिवाइसी सहकारी हुदा खानेलाई हुने खाने बनाउने र हुनेखानेको पैसा हुदा खानेकोमा पुराउने उदेश्यले ससानो परि एकिकृत भएर बनेको सस्था भएकोले सामान्य समस्याले सहकारीलाई कुनै असर पार्न नसम्ने बताउनु भयो ।
कार्यक्रम गुप्तेश्वर सदस्य सेवा केन्दं कश्माका अध्यक्ष किशोर भण्डारीको अध्यक्षता कोषाध्यक्ष अनिता केसीको स्वागत र सचिव सुरेन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा २ दर्जन बढि स्थानिय शेयर ससस्य बनेका थिए । मंगलवारनै पञ्चकोशी सदस्य सदस्य सेवा केन्द्रमा भएको जागौं, जगाऔं र जोगाऔं अन्र्तगत सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडिगाड गाँउपालिका अध्यक्ष तथा सिवासइसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारीले महिलाहरुमा वित्तिय पहुच बढाउन आवश्य रहेको बताउनु भयो । आर्थिक समृद्धिको लागि महिलाहरुमा वित्तिय पहुच अति आवश्यक रहेको भन्दै आर्थिक उत्पादनमा लाग्नद आग्रह गनु भयो । कार्यक्रमा सहकारीका सहसचिव सुवास आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सिवाईसी नेपाल तथा सिवाइसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी शिक्षा तथा वित्तीय साक्षरताको बारेमा प्रशिक्षण दिनु भएको थियो । पौडेलले बचतको महत्व, पैसाको सही प्रयोग, ऋणको सही व्यवस्थापन, जोखिम न्युनिकरण, सकरात्मक सोच लगाएतको बारेमा प्रशिक्षण दिनु भएको थियो सेवा केन्द्र प्रमुख मिना कुमारी केसीको अध्यक्षता परामर्शदाता जित बहादुर लामिछानेको स्वागत र सचिव नारायण लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।
सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा सम्पन्न कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका २ सदस्य सेवा केन्द्रका ३ सय ७५ भन्दा बढि शेयर सदस्य, महिला स्वास्थ्य स्वंयमसेविका, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।


























