राष्ट्रपति रामचन्द्र पौडेलले दुई साता अघि प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम भइरहेको छ ।
सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम भइरहेकाे छ । नागरिकता ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्डसहित धर्ना भइरहेको छ ।
बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।धर्ना बसेका युवाहरूले नागरिकता बिधेकमा हस्ताक्षर नगर्ने पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारी बिरूद्व समेत नाराबाजी गरेका थिए ।
नागरिकता विहिन संघर्ष समितिका युवाहरूले चर्चित गायक प्रकाश सपुतकाे नागरिक विहिन हामी गित बजाएर धर्नामा नाराबाजी गरिरहेका छन् ।











