बिपि स्मृति भवन बनाउन २ करोड ५ लाखमा जग्गा खरिद

-


     राजेशचन्द्र राजभण्डारी     
     फागुन ११ गते २०७८ मा प्रकाशित


३ दशक देखि भाडाको घरमा पार्टी कार्यालय संचालन गर्दै आएको नेपाली कांग्रेस बागलुङको सुविधा सम्पन्न भवन निर्माण गर्नकाे लागि कांग्रेसका नेता तथा कार्यकर्ता संग चन्दा संकलन गरि बागलुङ सदरमुकाममा २ करोडकाे जग्गा खरिद गरेको छ ।

३० आ‌ै बर्ष भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाली कांग्रेस बागलुङले जिल्ला सदरमुकाममा पार्टीको सुविधा सम्पन्न भवन निर्माण गर्नकाे लागि पार्टीका नेता तथा कार्यकर्ता संग
चन्दा संकलन गरि जग्गा खरिद र अक्षयकोषकाे लागि ५० लाख सहयोग अभियान अगाडि बढाएको छ ।यतिबेला कांग्रेसको बिपि स्मृति भवन बनाउन पार्टीले चन्दा संकलन गर्ने अभियान लाई पनि तिब्रगतिमा अगाडि बढाएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बागलुङको सक्रियतामा बागलुङ नगरपालिका वडा नम्बर ३ नारायण चाेकमा बिपि स्मृति भवन निर्माण गर्न १४ आना जग्गा २ करोड ५ लाखमा खरिद गर्न
जग्गा धनी ईश्वर राजभण्डारी लाई २५ लाख रूपैयाँ पेश्की दिएर
अभियान शुरू गरेको नेपाली भवन निर्माण समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बताए ।

बागलुङ सदरमुकाममाकाे पुरानो बजार नारायण चाेकमा बिपि स्मृति भवन निर्माणकाे लागि जग्गा खरिद र नेपाली कांग्रेस क्षेत्रमा नम्बर १ काे अक्षयकोषकाे लागि चन्दा अभियान एकसाथ अगाडि बढेको नेपाली कांग्रेस निर्वाचन क्षेत्रनम्बर १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्माले बताए ।

अहिले शुरूवात भएको भवन निर्माणकाे लागि सहयोग र अक्षयकोषअभियानले पार्टी नयाँ ढंगले अगाडि बढ्न मद्दत गर्ने नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले बताए ।

नेपाली कांग्रेस पार्टी संग आपत बिपत परेको बखत सहयोग गर्ने काेष नहुदा सहयोग गर्न नसकिरहेको बेला अहिले भएको अभियान सार्थक हुने यसमा सबैकाे थाेरै थाेरै सहयोगले ठूलो सहयोग जुट्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका काेषाध्यक्ष बसन्त कुमार श्रेष्ठ नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्मा ,नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति हाेम बहादुर हमाल ,लगायतका नेता तथा कार्यकर्ताले भवन निर्माणकार्य सम्पन्न गर्न १ ,१ लाख चन्दा सहयोग गरिरहेका छन् । अहिलेसम्म ३० जना कांग्रेस नेता कार्यकर्ताले ३० लाख नगद सहयोग गरिसकेका छन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बागलुङको ठूला तामझामका साथ बागलुङ सदरमुकाममा मासिक २५ हजार घर भाडा तिर्ने गरि कार्यालय संचालन गरिएकाे कार्यालयकाे नेपाली कांग्रेसका केन्द्रीय उप सभापति धनराज गुरूङले भब्य कार्यक्रममाका बिच उद्घाटन गरेका थिए ।

यतिबेला आसन्न स्थानीय तहको निर्वाचन नजिकै आएको कारणले पनि नगरपालिकाकाे मेयर उप मेयर ,वडा अध्यक्ष गाउँ पालिकाकाे
अध्यक्ष उपाध्यक्ष ,वडा अध्यक्षकाे टिकट दाबी गर्न समेत चन्दा सहयोग गर्ने एक प्रकारको प्रतिस्पर्धा नै चलेको कारणले नेपाली कांग्रेसले निर्माण गर्ने बिपि स्मृति भवन बनाउने अभियान सफल हुने आशा नेपाली कांग्रेसका कार्यकर्ताले गरिरहेकाे देखिन्छन् ।