कहाँ लुकेर बसेका छन् ढाेरपाटनका मेयर देवकुमार नेपाली ?

-


     हिडन खबर    
     जेठ २८ गते २०८० मा प्रकाशित


इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एक अरब भन्दा बढी रकम अबचलन गरेका ढाेरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका देवकुमार नेपाली हराएको झण्डै एक महिना बित्न लाग्दा समेत उनको कुनै अत्तोपत्तो लागेको छैन ।

बागलुङ नगरपालिका ,ढाेरपाटन नगरपालिका गलकाेट नगरपालिकामा समेत सहकारीको सेवा केन्द्र संचालन गरि सर्वसाधारण लाई आकर्षक ब्याज दिने भनेर संकलन गरेको बचत कर्ताकाे अरबाै रूपैयाँ तरलता अभाव भएको भन्दै फिर्ता गर्न अनाकानी गर्दै आएका सहकारीका अध्यक्ष नेपाली रातारात प्रहरी प्रशासनकाे आँखा अगाडि बाट बेपत्ता हुदा समेत उनको खाेजविन भएको छैन ।अध्यक्ष नेपाली संगै उनका श्रीमती र छाेरा समेत रातारात भागेका छन् ।

सहकारीका बचत कर्ताकाे जम्मा गरेको रकम आफ्नो सम्पत्ति बेचेर भएपनि फिर्ता गर्ने लिखित रूपमा प्रतिबद्धता जनाएका नेपाली एकाएक  बेपत्ता भएपछि सयौं बचत कर्ता बिचल्लीमा परेका छन् ।भन्ने एउटा गर्ने अर्को थाेक भएपछि
यतिबेला आफ्नो बचत रकम फिर्ता गराउन प्रहरी प्रशासनमा उजुरी गर्न शुरू गरेका छन् ।

केही बर्षसम्म गरिब ,दलित ,जनताको भगवानकाे रूपमा समेत परिचय बनाउदै आएका नेपालीले जनताका छाेराछाेरीले खाइ नखाई कन सहकारीमा जम्मा गरेको रकम ब्यक्तिगत रूपमा अबचलन गरेको तथ्य खुलेपछि उनले अनेकौं प्रपन्च रचि रकम फिर्ता गर्ने प्रतिबद्धता बिपरित भागेपछि सहकारीका बचत कर्ता थप समस्या परेका छन् ।

सहकारी उद्घाटन गर्न प्रमुख जिल्ला अधिकारी लगायतका टाेलीलाइ हेलिकप्टर चढाएर लगेर चर्चामा आएका नेपालीले हजारौं ब्यक्ति लाई भ्रममा पारि सहकारी संचालक हेलिकप्टर चढ्न चढाउन सक्षम छ भन्ने नारा अगाडि सारेर बचत कर्ता बाट अरवाै रकम जम्मा गराउन सफल भएका थिए भन्ने कुरा अहिले प्रमाणित भएको छ ।
ढाेरपाटन नगरपालिकामा एमालेकाे तर्फबाट दाेस्राे कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएपछि बागलुङ सदरमुकाममा करोडौं रूपैयाँ लगानी गरेर सहकारी राख्ने भवन निर्माण भएपछि बचत कर्ता ढुक्क भएका थिए ।

पुस महिनामा भएको इमेज सहकारीकाे साधारणसभाकाे अध्यक्षता गर्दै सहकारीको बचत कर्तालाइ आफ्नो बचत बारे आशंका भए आफुले दुई घण्टा भित्र लाइनमा राखेर रकम फिर्ता गर्ने उद्घघाेष गरेकाे कारण पनि बचत कर्ता ढुक्क भएका थिए ।

एकजना जनप्रतिनिधि रातारात बेपत्ता हुदा जनताको अरवाै रूपैयाँ हिनामिना गर्दा समेत अहिलेसम्म उनी कहाँ छन् कुन अवस्थामा छन् भन्ने कुरा बाट प्रहरी प्रशासन अनभिज्ञ देखिन्छ ।केही दिनभित्र नेपाली लाई समातिने भनेर बजारमा चर्चा चलेको भएपनि त्यो चर्चामा सिमित भएको छ ।

एमाले अध्यक्ष केपी आ‌ेली रामबहादुर थापा बादल देखि धेरै नेताको पहुँचमा रहेका नेपालीलाई यो घटना पछि एमाले गण्डकी प्रदेश सदस्य बाट हटाउने काम भन्दा अर्को केही गरेको देखिदैन ।

सहकारी सहकारीको सिद्धान्त विपरीत मजा संग चलेकाे कारणले एकपछि अर्को सहकारी धरापमा परेर बचत कर्ताकाे अरवाै रकम डुब्दा समेत नत सहकारीको अनुगमन नै छ नत नीति बिपरित चलेका सहकारी उपर कार्वाही नै छ /