
बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा विद्यार्थीहरुका लागि उपभोक्ता शिक्षा एवं खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ आयोजना र बागलुङ नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा कार्यक्रमम सम्पन्न भएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले खाद्य शिक्षा र लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना अभियान प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । जसको जे जिम्मेवारी छ उसले आफ्नो काम इमान्दारीता र जिम्मेवारी पुर्वक गर्ने प्रचलनको विकास नभए सम्म समाज र राष्ट्र सुधार हुन नसक्ने भएकोले सवैले आआफ्नो जिम्मेवारी भुल्न नहुने बताउनु भयो । एउटा व्यक्तिको प्रयत्नले समाज सुधार हुन सम्भव नरहेकोले सवैको साझा संकल्प आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य, पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य गणेश माविका विद्यार्थी अलिसा चुदार लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सचेतना कार्यक्रममा बोल्ने वत्ताहरुले उपभोक्ता हित संरक्षण र लागु औषध दुर्व्यसन नियन्त्रणको लागि सवै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
वर्तमान अवस्थामा उपभोक्ताहरु उपभोग्य वस्तु उपभोग गर्दा ठगिरहेको र स्वस्थ्य वस्तुको उपभोग गर्न पनि नपाईरहेको तथा युवा पुस्ता लागु औषध दुर्व्यसनमा फस्ने गरेको बताएका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका डा.ऋषि सापकोटाले अस्वस्थकर मासु सेवान प्रति उपभोक्ता सचेत हुन आवश्यक रहेको बताउनु भयो । मानिसमा ६० प्रतिशत रोक मासुजन्य पदार्थबाट लाग्ने भएकोले मासुको गुणस्तर र स्वच्छतामा ध्यान दिन आवश्य रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक मदन केसीले लागु औषध दुर्व्यसन सम्वन्धी प्रशिक्षण दिदै मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउने भएकोले समयमै सचेत हुन विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख प्रेम अर्यालले ओभोक्ता शिक्षा तथा खाद्य स्वाच्छताबारे कार्यपत्र प्रस्तुत गर्दै अस्वस्थकर खानपानको कारण विभिन्न रोग लाग्ने भएकोले स्वस्थकर जिवनको लागि खानपानमा ध्यान दिन अवाश्यक रहेको बताउनु भयो । कार्यक्रम उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता गणेश विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालको स्वागत र उपभोक्ता मञ्चका केन्द्रीय सदस्य राम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गणेश माध्यमिक विद्यालयल जनताधन माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक अभिभावक, लगाएतको उपस्थिति रहेको थियो ।






























