
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको आयोजनामा बडिगाड २ खर्बाङमा चप्पल बनाउने तालिम सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सिपमा आधारित आधारित चप्पल बनाउने तालिम सुरु भएको हो । ५ दिनसम्म संचालन हुने तालिममा वडा नम्वर १, २ र ३ का १५ जना स्थानीयको सहभागिता रहेको छ ।
तालिम उद्घाटन गर्दै स्थानीयलाई बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकालाई चप्पलमा आत्मनिर्भर बनाउने सोचका साथ तालिम संचालन गरेको बताउनु भयो ।
सिपयुक्त तालिमको माध्यमबाट आर्थिक रुपले सबल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको भन्दै ज्ञान र सिप विना कुनै पनि काम प्रभावकारी हुन नसक्ने भएकोले पालिकाले सिपयुक्त तालिमको माध्यमबाट आर्थिक सशक्तिकण गर्ने बताउनु भयो । स्थानीय बजारमा बिक्री हुने आर्कषक चप्पल बनाउन सिकाएर आयआर्जनको वातावरण सृजना गर्ने उहाले बताउनु भयो । तालिम पश्चात व्यवसायिक रुपमा लाग्न चाहनेलाई पालिकाले कच्चा पदार्थ सहयोग गर्ने भन्दै र उप्पादित सामानको निर्यात र बजारीकरणमा सघाउने बताउनु भयो ।
पालिकाका सवै वडामा तालिम पु¥याउने उद्देश्यले ३ तरणमा तालिक आयोजना गरिएको छ । वडा नम्वर १,२ र ३ वडाका स्थानीय सहभागि तालिम २६ गते समापन हुने छ भने २७ गतेबाट ३१ गतेसम्म वडा नम्वर ५,६,७,९ र १० का लागि तालिम संचालन हुने भएको छ । त्यस्तै जेठ ३२ देखि असार ४ सम्म वडा नंम्वर ४ र ८ का स्थानीयको लागि तालिम संचालन गरिने गाँउपालिकाले जनाएको छ । तालिममा प्रत्येक वडाबाट ५ जनाको सहभागीता रहने छ ।









