सुख्खा पहोरोमा परि निर्माण समिति पुर्व अध्यक्षको मृत्यु !

- बर्तमान अध्यक्ष सहित २ जना घाइते!

-


     हिडन खबर    
     फागुन १० गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लाको बडिगाड गाउँपालिका सुख्खा पहोरोमा परि एक जनाको ज्यान गएको छ ।

पालिकाको वडा नम्बर ७ मोटरबाटो खन्ने क्रममा गएको सुख्खा पहिरोमा पुरिएर अवलोकनका लागि पुगेका मोटरबाटो निर्माण समितीका पुर्ब अध्यक्ष ६० बर्षिय गोपिराम बिकको घटना स्थलमै मृत्यु भएको हो ।

पहिरोमा परि निर्माण समितिका अध्यक्ष ३४ बर्षिय दुर्गा बिक र उनका भाइ ३८ बर्षिय डिल बहादुर बिक घाइते भएका वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

घाइतेको अवस्था सामान्य रहेको र उनिहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको गुरुङले बताए । फोटो: दिनेश शर्मा