
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेमा निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सम्पन्न भएको छ । धौलागिरी अस्पताल बागलुङको आयोजना तथा बागलुङ नगरपालिका वडा नम्वर १० वडा कार्यालय, बागलुङ उद्योग वाणिज्य संघ, भकुण्डे स्वास्थ्य चौकी र शाक्य कल्याण समाज बागलुङको समन्वय तथा सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा २ सय ४२ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
शिविरको अवसरमा १ सय २ जना हाडजोर्नी, ७८ जना पेट तथा छाती, ३० जना स्त्रीरोग र बागलबालिका तथा सर्जरी सम्वन्धी ३२ जनाले सेवा लिएका थिए ।
शिविरमा डाक्टर अमित ढुङगानाको संयोजकत्वमा बाल रोग विशेषज्ञ डाक्टर किरण तिवारी, स्त्री रोग विशेषज्ञ डाक्टर विजय ओझा, हाडजोर्नी विशेषज्ञ डाक्टर समिर लामिछाने , सर्जरी विशेषज्ञ डाक्टर दिपेन्द्र शर्मा, मेडिकल अधिकृत शोभा पौडेल, कमल कँडेल, नन्दन प्रसाद शाह, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई लगाए नर्सिङ पारामेडिक र ल्याप असिष्टेनको टोलीले उपचार गरेका थिए । शिविरमा १ सय १३ जनाको सुगर तथा रगत परिक्षण गरिएको थियो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन अस्पताल व्यवस्थापन समितिका सदस्य तथा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले गर्नु भएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत नवराज शर्माले जानकारी दिनु भयो ।


























