नेपाल प्रहरीका १८ एसपीको सरुवा

- बाग्लुङको नयाँ एसपीमा दयानिधि ज्ञवाली !

-


     हिडन खबर    
     फागुन ९ गते २०७८ मा प्रकाशित


काठमाडौं बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने चर्चा चलिरहेको बेला नेपाल प्रहरीका १८ जना एसपीकाे सरूवा भएको छ प्रहरी प्रधान कार्यालयले १८ एसपीको सरुवा गरेको छ । फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने गरी उनीहरूको आइतबार सरुवा भएको हो ।

सरुवा भएका एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गंगा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, मनोजकुमार केसी, तुलबहादुर कार्की, दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपककुमार बस्नेत, नकुल पोखरेल, विमलराज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदाप्रसाद चौधरी र शेखर खनाल छन् ।

रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।