
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाले आफ्नो कार्यकालको एक बर्ष भित्र ९३ प्रतिशत योजना सम्पन्न गरिसकेको पत्रकार भेटघाट गरि जानकारी गराएका छन् ।
बागलुङ नगरपालिका भित्र खानेपानीको समस्या यथावत रहेको त्यसलाई अहिलेसम्म समाधान गर्न नसकेको नगर प्रमुख श्रेष्ठले बताए ।बागलुङ नगरपालिका भित्र बनेको सुविधा सम्पन्न बसपार्क संचालन गर्न नसक्दा ठूलाे समस्या आएको पत्रकार भेटघाटमा श्रेष्ठले बताए ।बागलुङ नगरपालिकाकाे आफ्नो भवन नहुदा सेवा प्रभावकारी रूपमा दिन नसकेको हुदा भवन बनाउन जग्गा ब्यवस्थापन गर्ने कार्यमा जुटिरहेको अहिले आफ्नो भवन नहुदा धेरै ठाउँबाट सेवा दिनुपर्दा समस्या आएको नगरपालिकाले जनाएको छ ।
बागलुङ नगरपालिकामा निर्वाचित भएर आएको १ बर्षकाे दाैरान थुप्रै काम गरेपनि त्यो प्रचारप्रसार गर्न नसक्दा आेझेलमा परेको नगरपालिका पत्रकारहरू संग सहकार्य गरेर अगाडि जान तयार रहेको धारणा समेत राखेका थिए ।
बागलुङको बलेवा बिमानस्थल बनेपनि त्यहाँ सम्म जाने सडक ब्यवस्थित नहुदा अहिले तत्काल विमान स्थल चल्ने अवस्था नरहेको नगर प्रमुख श्रेष्ठले बताए ।नगरपालिकाले गरेको सकारात्मक कामलाई सकारात्मक ढंगले नकारात्मक भएको काम भए सुधार गर्ने ढंगले समाचार संप्रेशन गरिदिन श्रेष्ठले पत्रकारहरूलाइ अनुरोध गरेका थिए ।
६६० वटा योजना अगाडि सारेको ६०९ वटा योजना सम्झौता भएको हालसम्म सम्पन्न भएको३३० वटा योजना सम्पन्न भएको ।५१ वटा सम्झौता गर्न बाकी रहेको सम्पन्न हुन बाकी ३३० वटा रहेको छ ।



बागलुङ नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकारहरूले बागलुङ नगरपालिका समसामयिक बिषयमा नगरले गर्नुपर्ने प्रश्न राखेका थिए ।
पत्रकार सम्मेलनकाे संचालन बागलुङ नगरपालिकाका प्रशासन तथा जनशक्ति बिकाश अधिकृत भीमसेन पन्तकाे संचालनमा सम्पन्न भएको थियो ।









