रेडक्रस बागलुङद्वारा युवा रेडक्रस सर्कल गठन सुरु

-


     हिडन खबर    
     वैशाख २५ गते २०८० मा प्रकाशित


जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारासाथ गठन भएको मानवीय संस्था बिश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले जुनियर युवा रेडक्रस सर्कल गठन सुरु गरेको छ ।

बिश्व रेडक्रस दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरि जुनियर रेडक्रस सर्कल गठन प्रारम्भ गरेको छ ।

जिल्लामा भएका सामुदायिक तथा संस्थागत बिद्यालयहरूमा रेडक्रसको पहुँच पुर्याइ बिद्यार्थीहरूलाइ सामाजिक काम कार्यमा समेत
अगाडि बढाउने उदेश्यले युवा रेडक्रस सर्कल गठन गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य ,उपसभापति राजेन्द्र आचार्य जिल्ला सदस्य कृष्णप्रसाद आचार्य ,पुर्ण भद्र निउरे लगायतका बक्ताहरूले अहिले समाजबाट मानवीयता हराउँदै गइरहेको समयमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीमा मानवीय सामाजिक भावनाको विकास गरि समाजलाई शिक्षा दिनका लागि युवा रेडक्रस सर्कल आवश्यक रहेको धारणा राखेका थिए ।

कालीगण्डकी आवाशिय माध्यमिक बिद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षताम भएको कार्यक्रममा स्वागत तथा उदेश्य माथि नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष जीवन नाथ शर्मा र संचालन बिद्यालयका शिक्षक केदार शर्माले गरेका थिए ।

बिद्यालयका बिद्यार्थी संगम क्षेत्रीको अध्यक्षतामा ११ सदस्य युवा रेडक्रस सर्कलको कार्यसमिति गठन भएको छ ।रेडक्रस सोसाइटीले बागलुङ जिल्लामा युवा रेडक्रस सर्कल अभियान कै रूपमा गठन गर्ने योजना बनाएको छ ।