बडिगाड गाउँपालिकाद्वारा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

-


     हिडन खबर    
     वैशाख २४ गते २०८० मा प्रकाशित


बागलुङको बडिगाड गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ।

गाउँपालिकाको आयोजनामा शिक्षक सेवा आयोगको प्राथमिक तहको परिक्षामा सहभागी हुन ईच्छुकयुवाहरुलाई लक्षित गरी कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय शिक्षित युवाको विदेश पलायन बढिरहेको एवं शिक्षक सेवा जस्तो प्रतिस्पर्धात्मक सेवामास्थानिय यूवा वर्गको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो 

यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु पालिका बहिर बुटवल, काठमाडौं, पोखरा जानुपर्ने एवं धेरै शुल्कबुझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरि नशुल्क रुपमा कक्षा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो  

तयारी कक्षा भौतिक उपस्थिती एवं अनलाईन दुबै बिधि मार्फत हुने गाउँपालिकाका शिक्षा अधिकृत पुरन घर्तीले बताउनुभयो | 

१५ दिनसम्म सञ्चालन हुने कक्षाले शिक्षाको क्षेत्रमा विद्यमान शैक्षिक बेरोजगारीको अन्त्य एवं शिक्षामायुवाको आकर्षण बढाउन सहयोग पुग्ने शिक्षा शाखा प्रमुख समेत रहेका घर्तीले बताउनुभयो |

हिजो शनिवारदेखि सञ्चालन भएको तयारी कक्षा बिहान  बजेदेखी  बजेसम्म  साँझ  बजेदेखी ७बजेसम्म भौतिक रुपमा   बजेदेखी  बजेसम्म अनलाइन कक्षा सञ्चानल गरिने गाउँपालीकाका प्राविधिक सहायक कुलराज घिमिरेले बताउनुभयो |  

तयारी कक्षामा सहभागीलाई दैनिक खाजाहेन्सआउटपुस्तकको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो | 

तयारी कक्षामा पालिका भित्रका ३५ जना युवाहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको  |

विद्यार्थीहरुको माग  सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु पनि सञ्चालन गरिने गाउँपालिकालेजनाएको छ।