
बागलुङ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्नु उद्योगी व्यवसायीहरुको लागि चुनौती रहेको बताउनु भएको छ । बागलुङ उद्योग बाणिज्य संघको ५९ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बोल्दै ढकालले सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्ने स्थिति उद्योगी व्यवसायीहरुका लागि दुखद भएको बताउनु भयो । हालै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्रमा समस्या रहेको बताउनु भयो । अहिले देखिएको आर्थिक संकटमा सरकार र राष्ट्र र्बैकलाई दोस दिएर उम्कन नमिल्ने भन्दै अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा, शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि कमजोरी रहेको बन्र्दै वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतीबाट बाहिर आउन सबै पक्ष मिलेर जानु पर्ने बताउनु भयो ।
कतिपय गलत हल्लाको कारण उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको भन्दै सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याउन माग गर्नु भयो ।
बागलुङ आफ्नो गृह जिल्ला पनि भएकोले बागलुङका व्यवसायीहरुले सम्भावित क्षेत्रमा आयोजनाहरू पहिचान गरेको खण्डमा त्यसमा पुँजी र प्रविधिको अभाव हुन नदिने बताउनु भयो।
बागलुङको पर्यटन, कृषि र जलविद्युत कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ त्यसको पहिचान गर्न आग्रह गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानी भित्राउन आफू तयार रहेको बताउनु भयो । अध्यक्ष ढकालले आफ्नो कार्यकालमा पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उबताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघंकाका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिले मुलुकको स्थिति लथालिङग रहेको तर भताभुङग भैनसकेकोले समाल्न भने सकिने बताउनु भयो । नेपालको अर्थतन्त्र चुनौतीपूण अवस्थामा रहेको भन्दै ऋणात्मक वृद्धि दरलाई समाधान गर्न सवैले मनन गर्न आवश्यक रहेको बताउनु भयो । श्रेष्ठले अर्थतन्त्र संकुचित भएको व्यापार व्यवसाय घटेको, बजार सुकेको, उद्योगको उत्पादन घटेको, व्यवसायीको लागत लगातरा वढेर चुनौती थपेको भन्दै यसलाई समाल्नुको विकल्प नरहेको धारणा राख्नु भयो । महासंघले सवै व्यवसायीहरुको साथ लिएको वर्तमान आर्थिक समस्याको समाधान गर्ने तयारी गरेको बताउनु भयो । हरेक्ष क्षेत्र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेला आएको भन्दै मुलुका भएको पुँजी अभावलाई वाह्यि देशबाट पैसा ल्याएर समाधान गर्न सवै जुटनुपर्ने बताउनु भयो ।
महासघंका नगर तर्फका उपाध्यक्ष सुरकृष्ण श्रेष्ठ, वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा. रामप्रसाद उपाध्याय,नेपाली काँग्रेसका सहसचिव ज्ञानकुमारी श्रीस, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वलावती शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष गणेस पौडेल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एक बहादुर केसी, नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रीय सदस्य युवराज राजभण्डारी, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र म्याग्दी उद्योग बाणिज्य सघंका अध्यक्ष बेल बहादुर कटुवाल, बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष अर्चना पालिखे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक खोजमुलक पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिका वरिष्ठ सहायक राम थापा अविरल, बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रामनारायण श्रेष्ठको स्मृतिमा परिवारले स्थापना गरेको रामनारायण अक्षयकोष वाणिज्य पुरस्कार वर्ष २०७६ र २०७९ बाट व्यवस्थापन संकायमा उत्कृष्ठ अंक ल्याउने धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी अन्जना रिजाल, कार्यालय सहयोगि हुँदै हाल कार्यालय सचिवमा कार्यरत कर्मचारी सरस्वती खत्रीलाई नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न पुरस्कारबाट व्यवसायी तथा उद्यमीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेलको अध्यक्षता तथा स्वागत, महासचिव ऋषिराम गौतमको संचालन र वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।















