३१ लाख संकलन गर्दै सापकोटा कुल देवता धार्मिक संस्थाको आयोजनामा भएको पितृ सप्ताह सम्पन्न

-


     हिडन खबर    
     वैशाख २२ गते २०८० मा प्रकाशित


बागलुङ सापकोटा कुल देवता धार्मिक संस्था बागलुङ नगरपालिका वडा नम्बर ५ बान्द्रेको आयोजनामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् कूलपूजा सम्पन्न भएको छ । ७ दिनसम्म संचालन भएको महायज्ञबाट ३१ लाख २१ हजार १ सय ३६ रूपैयाँ नगद सहयोग संकलन भएको छ ।

प्रत्येक वर्ष गरिने नित्य पूजा र हरेक ५ वर्षमा सापकोटा बन्धुहरूले महायज्ञ लगाउदै आएका छन् । बैशाख १६ गतेदेखि २२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरि सप्ताहको अन्तिम दिन आफ्नो कुल पित्रीको सम्झनामा सामुहिक रूपमा कूल पूजा गरेको महायज्ञ एवं कूल पूजा आयोजक समितिका संयोजक प्रेम प्रसाद शर्मा सापकोटाले बताउनु भयो ।

७ दिनसम्म चलेको श्रीमद्भागवत भागवत महायज्ञमा विभिन्न सहयोग दाताले आआफ्नो गक्ष अनुसार चन्दा सहयोग गरेका थिए ।महायज्ञ सफल बनाउन विभिन्न उप समितिमा बसेर सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । महायज्ञमा पण्डित गिरिराज पौडेलले कथा वाचन गरेका थिए । कूल पूजा आयोजक समितिका संयोजक प्रेम प्रसाद शर्मा सापकोटाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष कलाधर पापकोटा लगाएतले बोल्नु भएको थियो । महायज्ञमा जयभद्र सापकोटाले आय व्यय सार्वजजिक गर्नु भएको थियो । महायज्ञबाट ३१ लाख २१ हजार १ सय ३६ रूपैयाँ शंकलन भएको यज्ञ सम्पन्न गर्न करिव १० लाख खर्च भएको आकलन गरिएको छ । विल शंकलन भैरहेकोले केही दिनमा खर्च विवरण आउने आयोजकले जनाएको छ ।

महायज्ञबाट ३१ लाख २१ हजार १ सय ३६ रूपैयाँ शंकलन भएको र यज्ञ सम्पन्न गर्न करिव १० लाख खर्च भएको आकलन गरिएको छ । विल शंकलन भैरहेकोले केही दिनमा खर्च विवरण आउने आयोजकले जनाएको छ ।
कार्यक्रम संस्थाका उपाध्यक्ष नारायण सापकोटाको स्वागत तथा संचालन सचिव चक्रपाणि शर्मा सापकोटा र सहसचिव खडानन्द सापकोटाले गर्नु भएको थियो ।

सापकोटाहरुको उद्गम स्थल मानिले बान्द्रेमा जन्म भै देशका विभिन्न जिल्लामा बसोबास गर्ने करिव ५ सय परिवार महायज्ञमा सहभागि भएको सापकोटा कुल देवता धार्मिक संस्थाका अध्यक्ष कलाधर सापकोटाले बताउनु भयो ।सापकोटा बन्धुहरुले आरध्य पुरुष क्षेत्रपाल र आद्यशक्ति कनकना देवीलाई बली दिएर कुल पुज्ने प्रथा रही आएको मन्दिर निर्माण पश्चात महर्षी कौडिन्य, कुलदेवता क्षेत्रपाल र कुल देवी कनकन्या देवीका मुर्तिहरु प्राण प्रतिष्ठा गरि २०७० सालबाट महायज्ञ लगाउन सुरु गरिएको प्रचार प्रसार समितिका संयोजक प्रकाश केसीले बताए । शुक्रवार बैशाख शुक्ल पूर्णिमाका दिन अहिंसावादी भगवान गौतम वुद्धको जन्म जयन्तीकै दिन धेरै ठाँउमा वलि दिएर कूल पूजा मनाई रहेको बेला सापकोटा वन्दुहरुले भने महायज्ञ गरि कूल पूजा गरेका हुन ।