बागलुङको बडिगाड गाउँपालिका महत्वपूर्ण २६ स्थान सिसिक्यामेराको निगरानीमा

-


     सुवास आचार्य    
     वैशाख २१ गते २०८० मा प्रकाशित


बागलुङको बडिगाड गाउँपालिकाका महत्वपूर्ण क्षेत्रमा सिसिक्यामेरा राखेर निगरानी थालिएको छ। मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने वडिगाड गाउँपालिकाका विभिन्न महत्वपूर्ण क्षेत्रको स्थानमा सिसिक्यामेरा राखिएको हो ।

जिल्ला सदरमुकामबाट पश्चिमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार समेत मानिने बडिगाड काउपालिकाका केन्द्र सिसिक्यामेराको निगरानीमा राखिएको छ । बजार क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान गर्न सहज बनाउन सिसिक्यामेराबाट निगरानी बढाइएको हो ।

सिसिक्यामेरा जडान गरेर प्रहरी चौकी, गाउँपालिकाको कार्यलय र गाउँपालिका प्रमुखले कार्यालयबाट निगरानी तथा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यसले आसपासका बजार क्षेत्र तथा पार्क परिसरमा हुने सक्ने अवान्छित गतिविधिलाई कार्यालयबाटै नियाल्न सहज भएको छ ।

विभिन्न बजार क्षेत्रलाई कैद गर्ने गरी २६ वटा सिसिक्यामेरा जडान गरिएको छ । पालिकाको शान्ति सुरक्षा अमनचयन कायम गर्दै अपराध नियन्त्रणका लागि सहजता ल्याउन बजार क्षेत्रमा सिसिक्यामेराले सहज हुने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबिच भागमा पर्ने वडिगाड गाउँपालिका क्षेत्र भित्र पछिल्लो समय तीव्र रुपमा सहरीकरण भइरहेको छ । सहरीकरणसँगै अपराधिक घटना हुने जोखिम वढेकोले पालिकाका व्यवसायिक केन्द्र खौलार, खार, ग्लालीचौर, भिमगिठे, खर्वाङ बजार क्षेत्र र नाकाहरुमा २६ वटा सिसी क्यामेरा जडान गरेको छ ।

सिसिक्यामेरा जडान भएपछि अपराधिक घटना न्यूनिकरण हुनुका साथै बजार क्षेत्रमा जथाभावि फोहोर फाल्ने र रातिको समयमा चोक चोकमा जम्म भएर होहल्ला गर्ने कार्य नियन्त्रण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनु भयो ।

समय–समयमा बजार क्षेत्रमा गलत क्रियाकलाप हुने र पालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसीक्यामरामार्फत निगरानी गर्ने भएको छ ।
गाउँपालिकाले बजार क्षेत्रमा सिसिक्यामेरा जडान गरेर पालिका भित्र पर्ने बजार क्षेत्रका सबै चोक तथा वित्तीय संस्था आसपासमा क्यामेरा जडान गरिएको छ । यसले बजार क्षेत्र कार्यालमै बसेर निगरानी गर्न सकिने भिमगिठे प्रहरी चौकीका प्रमुख उज्वल पौडेलले बताउनु भयो ।

सिसिक्यामेरा जडानपछि बजार क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई एकै ठाउँबाट रेकर्ड गर्न सकिने र अपराधजन्य गतिविधि भएको पाइए नियन्त्रण गरी कानुनी कारबाही गर्न तथ्य प्रमाण जुटाउन सहज हुने प्रहरीले जनाएको छ ।

सिसिक्यामेरा जडान गरिएपछि बजार क्षेत्रमा हुन सक्ने अव्यवस्थित यातायात तथा बजार व्यवस्थापन, चोरी डकैती, मादक पदार्थ सेवन गरी होहल्ला झैझगडा गर्नेलगायत गतिविधि प्रहरीले नियमित अनुगमन हुने हुँदा सहज हुने गाउँपालिकाले जनाएको छ ।
दुर्घटना तथा अपराधिक क्रियाकलाप निगरानी तथा सुरक्षा व्यवस्थाको लागि सिसिक्यामेरा प्रभावकारी बनेको छ ।